अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ ६८ औं शुभजन्मोत्सव तयारी सुरु - Mangsebung News
  • शनिबार, बैशाख १५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ ६८ औं शुभजन्मोत्सव तयारी सुरु

माङसेबुङ । मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’को ६८ औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन नोमाङगेन्ना सेवा समारोहको तयारी सुरु गरिएको छ ।

हरेक वर्ष मंसिर १८ र १९ गते भव्य रुपमा मनाइदैं आएको अङसीमाङको जन्मोत्सव कार्यक्रम आयोजना गर्न सोमबार (असोज ४ गते) शुभजन्मोत्सव कार्यक्रम आयोजक समिति गठन गरेर समारोहको काम सुरु गरिएको हो ।

यसरी गठन गरिएको मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङको ६८ औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन नोमाङगेन्ना सेवा समारोह आयोजक समितिमा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवाका अध्यक्ष केहेरसिं योङहाङ अध्यक्ष र किरात धर्म तथा साहित्य उत्थान संघका अध्यक्ष डकेन्द्रसिंह थेगिम सह अध्यक्ष रहनु भएको समारोहका महासचिव काकीराम लाओतीले बताए । आयोजक समिति गठनसँगै समारोहलाई सम्पन्न गर्न आवश्यक विभिन्न विभागहरु गठन गरिएको आयोजक समितिले जनाएको छ ।

इलामको माङसेबुङ गाउँपालिका २ इभाङको चुक्चिनाम्बा अगौटेबारीमा २०११ मंसिर १८ गते शुक्रबार जन्मिनु भएका मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङले किरात धर्मदर्शन दाता, समाज सुधारक तथा राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङदेनको अपूरो, अधुरो कार्यलाई पूर्णता दिने क्रममा धार्मिक, सांस्कृतिक तथा सामाजिक रुपान्तरणमा अभियान चलाइरहनु भएको छ । वहाँलाई सत्य, शान्ति, अहिंसा र एकताका संबाहकको रुपमा किरात धर्मावलम्बीहरुले मान्ने र पुज्ने गरेका छन् ।

 

सम्बन्धित खवर