खिबेक्वा याक्वा सेवासँगै सावायेहाङ किरात माङगेन्ना सेवाको तयारी हुँदै - Mangsebung News
  • बिहिबार, चैत १५, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

खिबेक्वा याक्वा सेवासँगै सावायेहाङ किरात माङगेन्ना सेवाको तयारी हुँदै

माङसेबुङ । सावायेहाङ किरात खिबेक्वा याक्वा सेवा तथा माङवाहाङवा वितरणसँगै सावायेहाङ किरात कम्ब्राङ ताप्फेङ माङगेन्ना सेवाको तयारी धमाधम भइरहेको छ ।

यस वर्ष खिबेक्वा याक्वा सेवामा माङवाहाङवा वितरणसँगै सावायेहाङ किरातको कम्ब्राङका लागि प्रत्येकले माङगेन्ना सेवा गर्न लागिएको सावायेहाङ किरात खिबेक्वा याक्वा सेवा तथा माङवाहाङवा वितरण समारोहका अध्यक्ष केहेरसिं योङहाङले बताए ।

माघ ३ गते किरात साम्जिक मुन्धुम अनुसार साक्मुरा वादेम्मा (गाली श्राप बहन्ती) हुने छ । सोही दिन इलामको माङसेबुङ गाउँपालिका वडा नं. ५, भालुटारमा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङले वि.स. २०४९ साल माघ ३ गते विश्व ब्रमाण्डको बारेमा भविष्यवाणी गर्नु भएको स्थलमा स्थापना गरिएको मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ प्रतिमा अनावरण कार्यक्रम हुने समारोहका अध्यक्ष तथा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङले बताए ।

समारोहको कार्यक्रम अन्तर्गत माघ ४ गते विश्व शान्ति तथा मानव एकताका लागि किरात हाङसाम मुजोत्लुङ माङहिममा येत् नाम्धुङ लाधुङसेमी सेवा सञ्चालन हुने छ । भने, ५ गते सावायेहाङ किरात खिबेक्वा याक्वा सेवा तथा माङवाहाङवा वितरण समारोह प्रमुख अतिथिबाट समुद्घाटन, जातीय झाँकी प्रदर्शन, अतिथिबाट शुभकामना मन्तव्य, तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनबाट धन्यवाद आशीर्वचन प्रदान हुनका साथै साँझ बृहत सास्कृतिक कार्यक्रम आयोजना गरिएको समारोह प्रचारप्रसार उप समितिले जनाएको छ ।

यस वर्ष नयाँ कार्यक्रमको रुपमा ६ गते सावायेहाङ किरात कम्ब्राङ ताप्फेङ माङगेन्ना सेवा तथा साँझ बृहत नाहेन लाङसँगै सांस्कृतिक कार्यक्रम सञ्चालन हुने समारोहका अध्यक्ष केहेरसिं योङहाङले बताउनु भएको छ । समारोहका अध्यक्ष योङहाङका अनुसार सावायेहाङ किरात कम्ब्राङ ताप्फेङ माङगेन्ना सेवा नयाँ महत्वपूर्ण कार्यक्रमको रुपमा यस वर्ष थपिएको हो ।

माङगेन्ना सेवाका लागि आवश्यक सामग्रीहरु दियो कलस, थाल, चामल, तेल, धागो, पानी, माङगेन्ना फूलहरु र माङगेन्ना भेटी भक्तजनहरु आफैंले व्यवस्थापन गर्नु पर्ने र माङगेन्ना सेवामा उपस्थित हुन नसकेका आफ्ना परिवारजनको हकमा येबो (मैनम) मार्फत पनि माङगेन्ना गर्न, गराउन सकिने आयोजक समितिले जनाएको छ ।

विगतका वर्षमा माघ ६ गते हुने कार्यक्रम यस वर्ष माघ ७ गते मात्र हुने भएको छ । माघ ७ गते मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनबाट विशेष माङआशीर्वचन हुने भएको छ । मुहिङगुम अङसीमाङ तथा मुहिङगुम अङसीमामाङमा मिक्तोक (उपहार) अर्पण गर्ने साथै संस्थागत धन्यवाद–पत्र वितरण र पुस्तक/पुस्तिका विमोचन कार्यक्रम रहेको छ ।

प्रकृतिपूजक किरात समुदायले भूमिमा खनजोत गर्न अघि प्रकृति (पञ्चतत्व) को सेवा गरी माङवाहाङवा मागेर सबै भक्तजनहरुमा माङवाहाङवा वितरण गर्ने प्रचलन अनुसार मुहिङगुम अङसीमाङ तथा मुहिङगुम अङसीमामाङ देव उपस्थितीमा हरेक वर्ष खिबेक्वा याक्वा सेवा (उभौली पर्व) को अवसरमा माङवाहाङवा (बीउविजन) वितरण हुने गरेको छ ।

कार्यक्रममा सहभागि हुन विगतका वर्ष झैं २०७८ माघ २ गते कार्यक्रमस्थल इलामको माङसेबुङ गाउँपालिका वडा नं. ५, माङसेबुङमा सम्पूर्ण भक्तजनहरु उपस्थिती भइसक्नु पर्ने समारोहद्धारा प्रकाशित निमन्त्रणा उल्लेख छ ।

 

सम्बन्धित खवर