नेपालमा कोरोना संक्रमण बढ्दो, एकैदिन १ हजार १ सय ६७ जनामा संक्रमण - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपालमा कोरोना संक्रमण बढ्दो, एकैदिन १ हजार १ सय ६७ जनामा संक्रमण

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या फेरि बढ्न थालेको छ ।

नेपालमा आइतबार सर्वाधिक १ हजार १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ३० हजार ४ पुगेको छ ।

देशभर गरिएको ८ हजार ८ सय ४८ पिसिआर परिक्षणका क्रमा ८ सय ४१ जना र ३ हजार ७ सय ८४ एन्टीजेन परिक्षणका क्रममा ३ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएकोे छ ।

यसैगरि कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म नेपालमा ११ हजार ६ सय ४ जनाले कोरोनाका कारण ज्यान गुमाएमा छन् ।

यस्तै हालसम्म नेपालमा थप २ सय २४ संक्रमित निको हुँदा ८ लाख १४ हजार २ सय ३० जना निको भएका छन् । हाल नेपालमा ६ हजार ७ सय ५५ सक्रिय संक्रमित आइशोलेशनमा छन् ।

सम्बन्धित खवर