- आन्छुमे नसान
माङसेबुङ । निर्देशक हाङ चेम्जोङको निर्देशनमा गायीका मेचु धिमालको सुमधुर आवाजमा सजिएको गीत ‘मेरो संसार’ (फिमेल भर्जन) सार्वजनिक गरिएको छ ।
गाीतकार तथा संगीतका बबिम बिक्रम अधिकारीको शव्द तथा संगीतमा सजिएको गीत ‘मेरो संसार’ (फिमेल भर्जन) गायीका मेचु धिमालको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
यस अघि गायक सागर पाण्डेको आवाजमा (मेल भर्जनमा) सार्वजनिक भई सकेको गीतको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ बाबु प्रधानले गरेका हुन् ।
पुर्ण सेलिङको निर्माणमा इशाक जबेगुको छायाँकन, सम्पादन तथा कलरिङ रहेको भिडियोमा मेचु धिमाल आफैले फिचरिङ गरेकि छन् ।
यसैगरि धिरेन र दिपकको लाईट, सन्जु थलङको मेकअप रहेको छ भने कथा, परिकल्पना तथा कोरियोग्राफी समेत मेचु धिमालकै रहेको छ ।
भिडियो हेर्नुहोस…