पोखरा । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशको अध्यक्षमा रुद्रबहादुर श्रीस मगर सर्वसम्मत चयन भएको छ ।
बुधबार सम्पन्न दोस्रो प्रादेशिक महाधिवेशनले रुद्रबहादुर श्रीस मगरको अध्यक्षतामा नयाँ समिति चयन गरेको हो ।
महाधिवेशनले उपाध्यक्षद्वयमा क्रमशः खिमा गुरुङ र सूर्यकुमारी महतो (महिला) चयन भए । त्यस्तै महासचिवमा धनबहादुर गुरुङ, सचिवद्वयमा त्रमशः विजय रानामगर (संगठन) र अर्जुन गाहामगर सुशान्त (संस्थागत) र कोषाध्यक्षमा रत्ना गुरुङलाई चयन गरेको हो ।
सदस्यहरुमा क्रमशः गिता रानामगर, कृष्णबहादुर आलेमगर, चेतबहादुर थापामगर (प्रविन), सुरज थापामगर, सुमन थापामगर, शारदा श्रेष्ठ, गणेश गुरुङ (सुरेन), ठोपबहादुर रानामगर र मनलाल गुरुङ चयन भएका हुन् ।
महाधिवेशनको बन्दसत्रले सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको फोनिज गण्डकी प्रद्येश इन्चार्ज हुम तमुले जानकारी दिए ।
कार्यक्रममा फोनिज संघीय समितिका अध्यक्ष डण्ड गुरुङ, वरिष्ठ उपाध्यक्ष गजुरधन राई, संगठन सचिव मिलन लिम्बू, संघीय समिति सदस्य मिला दराईलगायतको विशेष उपस्थिति रहेको थियो ।