किरात साम्यो माङ्सेवासाबाको छैटौं सम्मेलन चैत पहिलो हप्ता - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

किरात साम्यो माङ्सेवासाबाको छैटौं सम्मेलन चैत पहिलो हप्ता

  • योगेश लावती

माङसेबुङ । किरात साम्यो माङ्सेवासाबा मुजोत्लुङ पान्जुम्भोको छैटौं सम्मेलन हुने भएको छ ।

माङ्सेवासाबा पान्जुम्भोको केन्द्रीय सम्मेलन आगामी चैत २, ३, ४, ५, ६ र ७ गते इलाम जिल्लाको धार्मिक पर्यटकीय स्थल किरात धर्मावलम्बिहरुको आस्थाको केन्द्र पवित्रभूमी माङ्सेबुङ ५ अवस्थित माङ्सेवासाबा मुजोत्लुङ पान्जुम्भोको भवनमा हुने कोषाध्यक्ष प्रकाश सावदेन लिम्बुले बताए । स्वदेश तथा विदेश का माङ्सेवासाबा÷माङसेवासामाहरुको बृहत् उपस्थितिमा सम्मेलन भव्य कार्यक्रमको साथ सम्पन्न गरिने पान्जुम्भोले जनाएको छ ।

किरात धर्मगुरु मुहिङगुम अङ्सीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङ्सीमामाङ साम्बा पबित्रहाङमा लिङ्देनज्युहरुको गरिमामय देव उपस्थितमा किरात चोत्लुङ मुहिङगुम अङ्सी माङगेन्ना सेवा समितिको केन्द्रीय अध्यक्ष केहेरसिं योङहाङको प्रमुख आतिथ्यमा माङसेवासाबा पान्जुम्भोको छैटौं सम्मेलन समुद्गघाटन हुने आयोजक समितिले बताएको छ ।

सम्मेलनमा दुई ब्याक्तित्व सम्मानित हुँदै

किरात साम्यो माङ्सेवासाबा मुजोत्लुङ पान्जुम्भोको छैटौं सम्मेलनमा दुईजना लाई सम्मान गर्ने भएको छ । लामो समयदेखि किरात, भाषा लिपि साहित्यको क्षेत्रमा कलम चलाउदै आइरहेका साहित्यकार तथा साङदाङगेन वारुमसाबा माङ्सेबुङ ५ अमदेन निवासी इन्द्रहाङ आङ्देम्बे र माङ्सेबुङ ३ दुम्से, आदिपुर निवासी साङ्दाङगेन वारुमसाबा भक्त साम्बा लाई सम्मान गरिने भएको हो । संगठनमा योगदान पुर्याएको उच्च मुल्यांकन र कदर गर्दै पान्जुम्भोको गत २२ गते बसेको बैठकको निर्णय अनुसार सम्मान गर्न लागिएको पान्जुम्भोको कोषाध्यक्ष प्रकाश सावदेनले बताए ।

यसैगरी २०७८ चैत २ गते उपस्थिति ३ गते साक्मुरा वादेम्मा र ४ गते नाम्धुङ लाधुङसेमी सेवा र ५ गते छैटौं सम्मेलन समुद्घघाटन रहेको छ । यसैगरी ६ गते बन्दसत्र,समिती चयन साथै सपथ ग्रहण र चैत ७ गते बिदाई कार्यक्रम रहेको आयोजक समितिले जनाएको छ ।

छैटौं सम्मेलन कार्यक्रममा स्वदेश तथा विदेश साथै प्रत्येक गाउँपालिका, नगरपालिका तथा वडाबाट प्रतिनिधि र पर्यवेक्षकहरु सहभागी हुने आयोजक सचीव सन्चहाङ सम्बाहाङ्फेले बताए ।

 

 

सम्बन्धित खवर