चितवन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को सातौं संघीय महाधिवेशनले गजुरधन राईको नेतृत्वमा नयाँ कार्य समिति निर्वाचित गरेको छ ।
नवनिर्वाचित वरिष्ठ उपाध्यक्षमा लक्की चौधरी‚ उपाध्यक्षहरु अमरध्वज लामा (खुला)‚ सरु राना (महिला), जगत दोङ (संस्थागत), कमन देवान (अल्पसंख्यक) निर्वाचित भए ।
यसैगरी महासचिवमा मिलन लिम्बू‚ सचिवहरु बुद्धवीर बाहिङ राई‚ समीर बलामी‚ विश्वराज तामाङ खुलातर्फ निर्वाचित भए भने सचिव अञ्जना शिल्पकार (महिला)‚ छेटु शेर्पा (संस्थागत) र यमन दनुवार (अल्पसंख्यक) निर्वाचित भए भने कोषाध्यक्ष र सहकोषाध्यक्षमा क्रमशः चित्रबहादुर गुरुङ (लाला) र सञ्चु ब्लोन तामाङ सर्वसम्मत भए ।
प्रदेश इन्चार्जमा भक्तशेर लिम्बू (प्रदेश नम्बर १), निरज पिठाकोटे (मधेस प्रदेश), पेमा लामा (बागमती प्रदेश) यमबहादुर गाहा (मिलन),(लुम्बिनी प्रदेश), बुद्धिमान पुन मगर (कर्णाली), भिमबहादुर चौधरी (सुदुर पश्चिम प्रदेश) चयन भए ।
संस्थागततर्फ सदस्यहरु क्रमशः देवेन्द्र खापुङ (लिम्बू), निम्लेकी शेर्पा (शेर्पा ), सुनिल महर्जन (नेवार) सन्तकुमार चौधरी (थारू), चित्रबहादुर गुरुङ (गुरुङ), नेत्र तामाङ (तामाङ) र प्रकाश राई (राई) चयन भए ।
खुला सदस्यतर्फ क्रमशः बुद्ध योञ्जन लामा, लोकेश लिबाङ, कमलसिंह थारु, गजेन्द्र राई र हर्कबहादुर घर्तीमगर निर्वाचित भए भने महिलातर्फ क्रमशः सुनिता महर्जन, स्मृति रोका मगर, रचना श्रेष्ठ, सुजता निङ्लेकु लिम्बू, मञ्जुकुमारी श्रेष्ठ, बिना राई सर्वसम्मत भए ।
अल्पसंख्यक पुरुषतर्फ सदस्यहरु विदुर खवास र उद्धव चेपाङ र महिलातर्फ रोशनी कँवर सर्वसम्मत भए । लेखा संयोजकमा चन्द्र पन्दाक लिम्बू र सदस्यहरुमा क्रमशः उर्मिला गम्बा (सर्वसम्मत) र भकेन्द्र लावती निर्वाचित भए ।
महाधिवेशनले अध्यक्ष, महासचिवलगायत अधिकांश पदहरुमा सर्वसम्मत नेतृत्व चयन गर्यो भने केही खुला उपाध्यक्ष, अल्पसंख्यक उपाध्यक्ष, सचिवलगायतका केही पदमा निर्वाचन भएको थियो ।
फोनिज सातौं संघीय महाधिवेशन चैत ६ देखि ८ गतेसम्म चितवनको सौराहामा सम्पन्न भएको थियो ।