नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा ग्याल्जे शेर्पा निर्वाचित - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा ग्याल्जे शेर्पा निर्वाचित

काठमाडौं । नेपाल आदिवासी जनजाती महासंघको १० औं राष्टिय महाधिवेसनलबाट गेल्जे लामा शेर्पाको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ ।

नवलपरासीको कावासोतीमा बिहिबार सम्पन्न महाधिवेशनले गेल्जे लामा शेर्पाको नेतृत्वमा महासंघको नयाँ कार्यसमिति चयन भएको हो ।

महासंघको वरिष्ठ उपाध्यक्ष बुद्द घर्ति भुजेल निर्विरोध रुपमा चयन भएका छन । त्यस्तै उपाध्यक्ष पदमा युवराज जिरेल, ध्यानी उराँव, क्षेत्रबहादुर थकाली, गम्भिर सिंह गुरुङ भोटे, लाक्पा शेर्पा (ढोक्या), लहरी जिमी र श्रुती कुमाल निर्वाचित भएका छन ।

त्यसैगरी महासचिवमा दिवस राई चयन भएका छन । महाधिवेशनबाट उपमहासचिवमा रामकृष्ण लामा ब्लोन तामाङ चुनिएका छन ।

यस्तै सचिवमा मंगलराम दराई, गोविन्द लामा ह्याल्मो, मोहन राजबंशी, विकास सुरेल, ममता मेचे छोर्गेल लामा, यमुना छन्त्याल र भद्र कुमारी बरामु निर्विराध निर्वाचित गरेको छ ।

यसैगरि महाधिवेशनले विमल सारु मगरलाई कोषाध्यक्षमा चयन गरेको छ भने रिदार नोसाङ भोटे सहसचिवमा निर्विरोध निर्वाचित भएका छन ।

 

सम्बन्धित खवर