मेयङलुङ । किरात सेवा समाजको छैटौं वार्षिक स्थापना दिवस तथा जेष्ठ नागरिक सम्मान कार्यक्रम तेह्रथुम स्थित सदरमुकाम मेयङलुङमा सम्पन्न भएको छ ।
किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रिय सदस्य ललित बहादुर सोदेम्बाको प्रमुख आतिथ्यतामा जिल्ला स्थित उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न कार्यक्रममा जेष्ठनागरिक, समाजसेवी, राजनीतिज्ञ तथा अग्रज व्यक्तित्वहरुलाई समाजले सम्मान गरेको थियो ।
संस्थाका अध्यक्ष टठ बहादुर पंधाक, मेयङलुङ नपा वडा नं. १० का वडाध्याक्ष होम खापुङ, राजनीतिज्ञ राम बहादुर तुम्बाहाङफे, जेष्ठनागरिक देवि बस्नेत, एकल महिला सुमित्रा लिम्बू, शिक्षिका रामकुमारी लिम्बू, मेन्छ्यायेम गापा वडा नं. ६ का वडाध्याक्ष शिवनाथ खापुङ्लाई दोसल्ला तथा ताम्रापत्र मार्फत सम्मानित गरिएको छ ।
विभिन्न साँस्कृतिक कार्यक्रम सहित सम्पन्न कार्यक्रममा शिक्षिका रामकुमारी लिम्बू, किरात याक्थुङ चुम्लुङ तेह्रथुम अध्यक्ष सेसेहाङ हुक्पा चोङबाङ, वडा अध्यक्ष द्वय होम खापुङ र शिवनाथ खापुङ, अग्रज राजनीतिज्ञ राम बहादुर तुम्बाहाङ्फे र प्रमु अतिथी ललित बहादुर सोदेम्बाले कार्यक्रममा सम्मानित व्यक्तित्वहरुलाई शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रम किरात सेवा समाज तेह्रथुमका अध्यक्ष टठ बहादुर पंधाकको अध्यक्षता तथा सचिब कमला पंधाकको संचालनमा सम्पन्न भएको थियो ।