प्रदेश न. १ को नामकरण छिटै टुंग्याउन सुझाव - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

प्रदेश न. १ को नामकरण छिटै टुंग्याउन सुझाव

दमक । किरात धर्मगुरु लिङदेन आत्मानन्द सेइङको प्रवक्ता डिल्लीराम चाम्लिङले १ न. प्रदेशको नामकरण छिटै टुंग्याउन प्रदेश सरकारलाई अनुरोध गर्नु भएको छ ।

शुक्रबार पत्रकार मञ्च दमकमा पत्रकार सम्मेलन गरी प्रवक्ता चाम्लिङले अन्य प्रदेशले प्रदेशको नामकरण गरीसकेको हुदा १ न. प्रदेशको नामकरण छिटै टुंग्याउन र किरात सगरमाथा प्रदेश राख्न सुझाव समेत दिनुभएको छ ।

किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङले १ न. प्रदेशको नामकरण किरात सगरमाथा नामकरण गर्न सुझाव दिनुभएको छ ।

पत्रकार सम्मेलनमा किरात धर्मगुरु लिङदेनको प्रवक्ता डिल्लीराम चाम्लिङले १ न. प्रदेशको नामकरण किरात सगरमाथा प्रदेश राख्न किरात धर्मगुरु सेइङले सुझाव दिनुभएको बताउनु भएको हो ।

किरात सगरमाथा नामकरणले १ नम्वरवासी र मुलुककै सबै जातजातीहरुको राष्ट्रिय स्वाभिमानलाई सम्मानका लागि उपयुक्त नाम हुने धर्म गुरुको सल्लाह रहेको विज्ञाप्तीमा उल्लेख छ । अन्य प्रदेशले प्रदेशको नामकरण गरीसकेको हुदा यस प्रदेशको पनि नामकरण छिटै टुगाउन पनि प्रवक्ता चाम्लिङले प्रदेश सरकारलाई अनुरोध गर्नु भयो ।

प्राचीन कालदेखि बसोवास गर्दै आएका मुलुकका किरात जातिहरु भएको सम्मानसंगै विश्वको अग्लो चुचुरो सगरमाथाले सबै नेपालीलाई संसार भर चिनाउने हुदा किरात सगरमाथा नाम राख्न उपयुक्त हुने वक्ता चाम्लिङको तर्क छ ।

विगतमा ,इस्लाम, हिन्दु इसाई,जस्ता धर्ममा महापुरुषहरु धर्म गुरुको रुपमा अवतार भइ सिगो सृष्टि जगतको संरक्षण गर्नु भयो । अहिले पनि विश्व जगतको सृष्टिको रक्षा गर्न अद्धितीय शक्ति बोकेर पृथ्वीका आउनु भएका गुरु लिङदेनले सबै मानव जगतको हित गर्ने पत्रकारको जिज्ञासामा चाम्लिङले जवाफ दिनु भयो ।

कार्यक्रममा किरात चोत्लुङ मुहिङगुम अङसी माङगेन्ना सेवा समितिका केन्द्रिय सदस्य धनराज सङबाङफेले किरात धर्म गुरुसंग पूर्व प्रधानमन्त्री केपी ओलीले गरेको वाचा पुरा नगरेको गुनासो गर्नु भयो । दमकमा बन्दै गरेको फागुनन्द सभाहलको नामकरण गर्ने सहमतिलाई तोडेको सङबाङफेले आरोप लगाउनु भयो ।

सम्बन्धित खवर