चुलाचुली १ मा लिम्बुवान मञ्चबाट पुर्ण लावती प्यानल बिजयी - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

चुलाचुली १ मा लिम्बुवान मञ्चबाट पुर्ण लावती प्यानल बिजयी

इलाम । इलामको चुलाचुली गाउँपालिका वडा नम्बर १ कमलबाट वडाध्यक्षमा संघीय लोकतान्त्रिक रास्ट्रिय मंच –संघीय लिम्बुवान मंचका पुर्ण लावती(ध्रुव) बिजयी भएको छ ।

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मतपरिणाम अनुसार लावतीले ८ सय ५३ मत प्राप्त गरी वडाध्यक्षमा विजयी भएका हुन् । लावतिले २०७४ को स्थानीय तह निर्वाचनमा ७ सय ७ मत प्राप्त गरि निर्वाचित भएका थिए । यस्तै लिम्बुवान प्यानलैले वडामा जीत हासिल गरेको छ ।

वडाध्यक्ष पदका उनका निकटतम प्रतिष्पर्धी नेपाली काँग्रेसका मोती फागोले ५ सय २७ मत मात्र प्राप्त गरेका छन् । खुल्ला सदस्यमा समरध्वज तामाङ्गले ७ सय २७ र लाल बहादुर चाम्लिङ राई ले ७ सय ८१ मत प्राप्त गरि विजयी भएका छन् । महिला सदस्यमा राम कुमारी राई ८३० र दलित महिला सदस्यमा जानुकादेवी विश्वकर्माले ७ सय ७४ मत प्राप्त गरेकी छिन् ।

ने.क.पा. समाजवादी संग गठबन्धन गरेको लिम्बुवान मञ्चमा पालिका अध्यक्ष नारायण लावतीले २ सय २८ र लिम्बुवानबाट उपाध्यक्ष रहेकी सिता कुमारी लावतीले ४ सय ४० मत प्राप्त गरेका छन् ।

जम्मा मतदाता संख्या ३ हजार ९ सय ३ रहेको वडामा २ हजार ७ सय १८ मत खसेको थियो । पालिकामा ६९ प्रतिशत मत खसेको थियो । जम्मा १८ हजार ५ सय ८० मतदाता संख्या मध्ये १२ हजार ८ सय ९४ मत खसेको थियो ।

 

सम्बन्धित खवर