कचनकवलको अध्यक्षमा कंग्रेसका राजवंशी र उपाध्यक्षमा एमालेका भट्टराई विजयी - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कचनकवलको अध्यक्षमा कंग्रेसका राजवंशी र उपाध्यक्षमा एमालेका भट्टराई विजयी

  • सुक योङहाङ 

कचनकवल । कचनकवल गाउँपालिकाको अध्यक्षमा नेपाली कंग्रेसका कालेन्द्र प्रसाद राजवंंशी र उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नवराज भट्टराई विजयी भएका छन् ।

निर्वाचन अधिकृतले जानकारी दिए अनुसार कंग्रेस र ऐमाले विचको गठबन्धनबाट विजयी भएका भएका राजवंशीले ११ हजार ४ सय ५७ मत ल्याएका छन । उनका निकटतम पतिस्पर्धी राप्रपाका अन्जारा आलमले ६ हजार ६ सय ६७ मत ल्याए । आलम गाउँपालिका निवर्तमान अध्यक्ष हुन् ।

यसैगरि उपाध्यक्षका विजयी भट्टराईले ८ हजार १ सय ४३ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी निमसरी राजवंशीले ६ हजार ८ सय २ मत ल्याएका छन् ।

कचनकवल गाउँपालिका वडा नं. २ मा वडा अध्यक्ष नेकपा एमालेको हात प¥यो भने १, ३, ४, ५, ६, ७ नेपाली कांग्रेसले जितेको छ ।

राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेन र कंग्रेस नेता कृष्ण प्रसाद सिटौलाको निर्वाचन क्षेत्रको रुपमा रहेको कचनकवलमा अध्यक्षका प्रतिष्पर्धी माओवादीका बुद्धिप्रसाद नेपालले ६ सय ६४, जनता समाजवादी पार्टीका ज्ञानबहादुर राईले १ सय ९, लोकतान्त्रिक समाजवादी पार्टीका कर्णलाल राजवंशीले १ सय १, नेकपा एकीकृत समाजवादी पार्टीका खेपचरण यादवले ५४, जनमत पार्टीका वाकसिंह राजवंशीले २० र स्वतन्त्र उम्मेदवार विनोदकुमार खरेलले १८ मत ल्याएका छन् ।

सम्बन्धित खवर