किरात लिम्बू भाषा कक्षा ११ को परीक्षा सम्पन्न - Mangsebung News
  • मङ्गलबार, चैत ०६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

किरात लिम्बू भाषा कक्षा ११ को परीक्षा सम्पन्न

  • योगेस लावती

माङसेबुङ । इलामको माङ्सेबुङ–५ मा रहेको श्री सरस्वती माबिमा किरात लिम्बू भाषा कक्षा ११ को परीक्षा सम्पन्न भएको छ । शुक्रबार कक्षा ११ को परीक्षासफलतापुर्वक सम्पन्न भएको हो ।

परीक्षामा झापा, इलाम, धनकुटा, सुनसरी, पान्थर, मोरङ लगायतका ५५ जना परीक्षार्थीहरुले सहभागी जनाएको भाषा शिक्षक दिलबिर सेर्माले बताए ।

पुर्वको ताप्लेजुङ, पान्थर, इलाम तीन जिल्लाहरुमा लिम्बू भाषाको परीक्षा हुदैछ । यसैगरी पान्थरको पृथ्वी माबि यासोक, खलंगाटार माबि याङनाम, सत्येहाङमा माबि इम्बुङ, ताप्लेजुङको सेवा माबि फक्ताङलुङ गाउँपालिका र इलामको सरस्वती माबि माङ्सेबुङ लगायत परिक्षा केन्द्रमा परीक्षा भएको भाषा शिक्षक सेर्माले बताए ।

लिम्बू भाषा माध्यमिक शिक्षा बोर्डले जारी गरेको परीक्षा तालिका अनुसार आज कक्षा ११ को लिम्बू भाषा र साहित्य बिषयको परीक्षा सम्पन्न भएको छ । हिजो बिहिबार कक्षा १२ को परिक्षा सम्पन्न भएको भियो ।

 

सम्बन्धित खवर