- राजेन्द्र केरुङ
भदौ २४, काठमाडौँ । फक्ताङलुङ सयङले आफ्नो १५ औं स्थापना दिवस मनाएको छ ।
ललितपुरको एन एस खाजा घर को सभाहलमा एक विशेष कार्यक्रमबिच सो दिवस मनाईएको हो ।
किरात याक्थुङ चुम्लुङका संघीय उपाध्यक्ष तथा लिम्बु साँस्कृतिक परिषदका अध्यक्ष गोबिन्द आङबुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बिशेष अतिथी साहित्यकार डिबि आङ्बुङ, लेखक भाषाबिद येहाङ लावती, समाजसेवी तथा कलाकार त्रिभुवन लुम्फुङ्वा लगायत को उपस्थिति रहेको थियो ।
स्थापनादिवसको अवसरमा पुर्व अध्यक्षहरु खगेन्द्र याक्सो, मनु नेम्बाङ, भवानी बिक्रम सम्बाहाम्फे लगायतले शुभकामना मन्तव्य राखेका थिए भने आमन्त्रित अतिथि गायक भिम लिम्बु, प्राध्यापक, साहित्यकार मधु केरुङ, याक्थुङ युवा मन्चका अध्यक्ष सङ्गिता सुहाङ लगायतले पनि सयङको थप प्रगतिको कामना गर्दै शुभकामना दिएका थिए ।
मञ्चका अध्यक्ष यादन नुनाम सेर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाको स्थापना, उद्देश्य, गतिबिधी बारे उपाध्यक्ष मोहन मादेनले प्रकाश पारेका थिए ।
उपाध्यक्ष तारा थेबे को स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमलाई महासचिव कञ्चन थलङ र सचिव जेपी नेम्बाङले सञ्चालन गरेका थिए भने व्याच वितरणमा सदस्य गङ्गा फियाक र तिर्सना नेम्बाङले साथ दिएका थिए ।
बिशेष अतिथि त्रिभुवन लुम्फुङ्वाको भाषा र संस्कृती संरक्षणमा अब अविवाहित लिम्बु युवा युवती लाई जुन सुकै देशमा रहे पनि भेटघाट गर्ने कुरा गराउने वातावरण को लागि बिशेष कार्यक्रम ल्याउनु पर्ने कुराले प्रमुख अतिथि लगायतलाई तानेको थियो ।
प्रमुख अतिथी डि.बि. आङबुङ्को लिम्बु गीत सङ्गीत कुन प्रकारको हुनु पर्छ भाषा संस्कार सँग कसरी तादाम्यता गर्ने बारे महत्वपूर्ण सुझाव थियो भने विशेष अतिथि येहाङ लावतीले भाषामा जोड दिनुपर्ने जिकिर थियो ।
फक्ताङलुङ आइडल सेक्फुङ २ का बिजेता तिर्सना नेम्बाङ, शम्भु फोम्बो र गङ्गा फियाक ले पालाम प्रस्तुत गरेर माहौल थप सुन्दर बनाएका थिए ।
लिम्बू गायक, गायिका तथा कलाकारहरुको संगठन फक्ताङ्लुङ साँस्कृतिक मञ्च बि.स.ं २०६४ मा स्थापना भएको थियो ।
हालसम्म खगेन्द्र याक्सो, धनबिर साँबा, मनु नेम्बाङ, भवानि बिक्रम सम्बाहाम्फे र यादन नुनाम सेर्मालगायतले फक्ताङ्लुङ सयङको नेतृत्व गरि सकेका छन ।
२०७१ र ०७२ मा पुर्वका तेर्हथुम र पाँचथरमा गरी २ पटक पालाम महोत्सव सम्पन्न गरिसकेको फक्ताङ्लुङ सयङले सेक्फुङ आइडल र सेक्फुङ–२ (फक्ताङ्लुङ आईडल) जस्ता रियालीटी सो को समेत सफल्तापुर्वक संचालन गरेको छ ।
जसमा सेक्फुङ –१ बाट बिजेता बन्न सफल तेर्हथुमका रविकिरण मादेन र सेक्फुङ –२ बाट तिर्सना नेम्बाङ, गङ्गा फियाक जस्ता गायक गायिकाहरु लिम्बू गित सङ्गितमा छाईरहेका छन ।
दूई पटक फक्ताङ्लुङ साँझ आयोजना गरि सकेको सयङले १० लाख बराबरको फक्ताङ्लुङ अक्षयकोष स्थापना गरेर लिम्बु गित–संगितमा योगदान दिएका नयाँ तथा पुराना श्रष्टाहरुलाई नगद राशी सहित सम्मान गर्ने उद्देश्य राखेको छ ।
यसैक्रममा गायक सङ्गितकार प्रेम पन्धाकलाई १० हजार र प्रमाणपत्र सहित श्रष्टा सम्मानको सुरुवात समेत गरेको छ ।
मौलिक गित सङ्गित हाक्पारे, पालाम, ख्याली, तुहा, ताम्के जस्ता लोप हुन लागेका भाका हरुको जगेर्ना र संरक्षण गर्दै लानु नै सयङको मुख्य उद्देश्य रहेकोले आजिवन यसैको संरक्षण, सम्बर्द्धनमा फक्ताङ्लुङ सयङ लागिरहने अध्यक्ष सेर्माले बताए ।