असार १६, काठमाडौं । थाकथाकु माबोहाङ चेम्जोङ वंश उत्थान संघ उपत्यका समितिको तेस्रो अधिवेशन सम्पन्न भएको छ ।
शनिबार ललितपुर १४ खुमलटारमा अवस्थित तुम्देन रेस्टुरेन्ट एण्ड सेकुवा कर्नरमा लैनबहादुर चेम्जोङको प्रमुख आतिथ्यतामा सम्पन्न सम्पन्न संघको तेस्रो अधिवेशन चन्द्र चेम्जोङको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ ।
नवनिर्वाचित उपाध्यक्षमा जंग चेम्जोङ, सचिवमा हेम चेम्जोङ, सहसचिवमा अभिनेन्द्र चेम्जोङ र कोषाध्यक्षमा रमेश चेम्जोङ चयन भएका छन् ।
यसैगरि सदस्यहरूमा पदम चेम्जोङ, जीवन चेम्जोङ, बम चेम्जोङ, कैलाश चेम्जोङ, सुसन चेम्जोङ, भुपेन्द्र चेम्जोङ, छयम चेम्जोङ, तारा चेम्जोङ, सुन्दर चेम्जोङ, ओम कुमारी चेम्जोङ, मणि चेम्जोङ र पूर्ण चेम्जोङ चयन भएका छन् ।
कार्यक्रममा डा. डम्बर चेम्जोङ, जेशिका चेम्जोङ, यमचन्द्र चेम्जोङ र निर्देशक तथा कलाकार हाङ चेम्जोङको पनि उपस्थिति रहेको थियो ।