कियाचु कुवेतको छैठौ अधिबेशन सम्पन्न, अध्यक्षमा लिला चेम्जोङ चयन - Mangsebung News
  • बिहिबार, बैशाख २०, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कियाचु कुवेतको छैठौ अधिबेशन सम्पन्न, अध्यक्षमा लिला चेम्जोङ चयन

 

पुस ७, कुवेत । किरात याक्थुङ चुम्लुङ कुवेतको छैठौ अधिबेशन सम्पन्न भएको छ ।

शनिबार गैह्र आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतका अध्यक्ष रण ध्वोज लामाको प्रमुख आतिथ्यमा जिलिपको अवासिया पपपिनस् सभाहलमा सम्पन्न भएको छैठौ अधिबेशनबाट लिला चेम्जोङ(भक्त) को अध्यक्षतामा २७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ  ।


आदिवासी जनजाति महासंघ कुवेत शाखाका अध्यक्ष अमृत तामाङको बिशेष आतिथ्यमा सम्पन्न भएको अधिबेशनबाट वरिष्ठ उपाध्यक्षमा इन्द्र मादेन, उपाध्यक्षहरुमा क्रमशः अमित किराति, एम बि साँवा, मन कुमार केरुङ, अनिस लावति र मुइहाङ थेगिम, महासचिवमा प्रदिप थेबा केरुङ लिम्बु, सचिवमा सुरेन्द्र कुमार पंधाक, सह-सचिवमा नगेन्द्र खजुम, कोषाध्यक्षमा एग बहादुर खापुङ र सह-कोषाध्यक्षमा पुस्पा नेम्बाङ निर्वाचित भएका छन् ।


नवनिर्वाचित सदस्यहरुमा बिरेन सावदेन, कैलास सेन्दाङ, प्रेम आङ्देम्बे, बिरेनहाङ आङ्देम्बे, सङिता आङ्द्म्बे, नरेश चेम्जोङ, बिध्या चेम्जोङ, जोगमाया थेबे, सोफिया याक्थुङ, जुनु नेम्बाङ, कुबेर केरुङ, बिरु खजुम, रत्न नेम्बाङ, बिनिता तिलिङ र सुकरानी लेक्वा लिम्बु रहेका छन् ।


यस्तै संरक्षकहरु दिपक खिम्दिंग, पूर्ण चेम्जोङ, दुर्गा चेम्जोङ, नेत्र लावती, बल बहादुर काम्बाङ र अरुण निङलेकु रहेका छन् ।

यसैगरी प्रमुख सल्लाहकारमा हरी लावती, बरिष्ठ सल्लाहकारमा राम प्रशाद साँवा सल्लाहकारहरुमा नरेश नेम्वाङ, देब लिम्बु, एन आर  सिंह आङला र रोहिनी नेम्वाङ रहेका छन् ।


कुवेत सरकारको सुचनालाई पालना गर्दै कुनै पनि साँगीतिक साथै मनोरञ्जनात्मक कार्यक्रम हरु नगरी अतिथि हरुको सुभकामना मन्तव्य सँगै लिम्बू समुदायको सांस्कृतिक बाजा च्याब्रुङ बजाएर साथै दियो प्रज्वलन गरेर कार्यक्रमको सुरुवात गरिएको नव निर्वाचित उपाध्यक्ष अनिस लावतीले बताए ।


अतिथि वक्ताहरुले अहिले कोशी प्रदेशको नामाङ्कन को विषयमा चलाइरहेको आन्दोलन र पहिचानको पक्षमा मत राख्नु भएको र किरात याक्थुङ चुम्लुङ कुवेत सँग आगामी दिन हरुमा सदाझै सहकार्य गर्दै जाने बताउनु भएको लावतिले बताए ।

कार्यक्रम किरात याक्थुङ चुम्लुङ कुवेतका अध्यक्ष अरुण निङलेकुको सभाध्यक्षतामा  सम्पन्न भएको थियो ।

सम्बन्धित खवर