संघीय लिम्बुवान सामाजिक मञ्च युएईद्वारा शुभकामना आदान प्रदान कार्यक्रम - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

संघीय लिम्बुवान सामाजिक मञ्च युएईद्वारा शुभकामना आदान प्रदान कार्यक्रम

बैशाक ७, युएई । संघीय लिम्बुवान सामाजिक मञ्च युएईको आयोजनामा भाग्यशाली चिट्ठा ओपनिङ्, नया बर्ष शुभकामना आदान प्रदान २०८१, साथै बृहत साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

१४ अप्रिल २०२४ का दिन, बर–दुबई स्थित ब्लु प्यालेस हलमा नेपाल आदिवासी जनजाती महासंघ युएईका अध्यक्ष बिक्रम पंधाक लिम्बुको प्रमुख आतिथ्यमा र नेफिन युएईका संरक्षक प्रमोद श्रेष्ठको बिशेष आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको हो ।

दिप प्रज्वलन संगै शहिदहरुको सम्मान र सम्झनामा एक मिनेट मौन धारण गरि, राष्ट्र गान सहित औपचारिक कार्यक्रमको शुरुवात गरिएको कार्यक्रममा किरात याक्थुङ चुम्लुङ युएई, युमा साम्यो महासभा युएई, थुप्पुको थेबे लिम्बु समाज युएई, नेवा पुचः युएई, सुनुवार सेवा समाज युएई, मंगोल नेशनल अर्गनाइजेशन युएई, किरात धर्म तथा साहित्य उत्थान संघ युएई, नेपाल आदिवासी जनजाती युवा महासंघ युएई, पथरी शनिश्चरे समाज युएई लगायतका अध्यक्ष तथा प्रतिनिधिहरु साथै तुतु तुम्यहाङ खड्ग पंधाक, र अन्य अतिथिहरुको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि बिक्रम पंधाक, युएई मञ्चकै तर्फबाट प्रमुख संरक्षक राम योङ्हाङ् (बैदारे ठुले), उपाध्यक्ष कुमार शंकर र उपाध्यक्ष लक्किराज बेघा लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रमका प्रमुख प्रायोजक किरात याक्थुङ चुम्लुङ युएई लगायत सम्पूर्ण प्रायोजकहरुलाई स–सम्मान मायाको चिनो हस्तान्तरण गरिएको कार्यक्रममा प्रमुख अतिथि, अध्यक्ष, र महासचिव लगायत अन्य पदाधिकारीहरुबाट ४१ घटकहरुद्वारा चुनिएको साझा उम्मेदवार डकेन्द्र सिंह थेगिमलाई जिताउन मुडा चिन्हमा भोट लाउन ईलाम क्षेत्र नम्बर–२ का जनताहरुलाई अनुरोध गरिएको थियो ।

यस्तै कार्यक्रमको अवसर पारेर नव क्रियाशील सदस्यहरु र नव नियुक्त कार्यसमिति सदस्यहरुलाई पनि स्वागत गरिएको थियो ।

संघीय लिम्बुवान सामाजिक मञ्च युएईका अध्यक्ष भिम अधिकारीको अध्यक्षतामा सम्पन्न औपचरिक कार्यक्रमको स्वागत मन्तव्य बरिस्ठ उपाध्यक्ष बिक्रम वजिहाङ र सञ्चलन महासचिव भुमी इधिङ्गो लिम्बु र प्रवक्ता लोकेन्द्र सम्बाहाम्फे (मिसेक)ले गरेका थिए ।

साँस्कृतिक कार्यक्रममा लिम्बु मौलिक साँस्कृतिक केलाङ् तथा यालाङ् किरात याक्थुङ चुम्लुङ युएई अन्तर्गतका केलाङ् कलाकारहरु बाट प्रस्तुति रहेको थियो भने युएईकै स्थानीय कलाकारहरुबाट गायन तथा नृत्य पनि प्रस्तुत गरिएको थियो ।

यसै दौरान कार्यक्रमको मुख्य आकर्षण भाग्यशाली चिट्ठाको ओपनिङ् गरे संगै ४२ जनालाई सान्त्वना पुरस्कार, प्रथम पुरस्कार एक लाख रुपैयाँ, दोश्रो पुरस्कार ५० हजार रुपैयाँ र तेश्रो पुरस्कार २५ हजार रुपैयाँ घोषित गरिएको थियो ।

साँस्कृतिक कार्यक्रमको सञ्चालन संलिसाम युएईकी साँस्कृतिक बिभाग प्रमुख रस्ना सुब्बा र कोषाध्यक्ष मनिषा सुब्बाले गरेका थिए ।

सम्बन्धित खवर