युकेमा किरात धर्मालवम्बीहरुको संयुक्त माङगेन्ना सेवा - Mangsebung News
  • शनिबार, बैशाख २२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

युकेमा किरात धर्मालवम्बीहरुको संयुक्त माङगेन्ना सेवा

  • ज्ञानु फुरुम्बो चरपे

बैशाक ९, युके । किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेको आयोजनामा आस्फोर्ड केन्टबासी किरात धर्मलवम्बीहरुको संयुक्त माङगेन्ना सेवा भव्य रुपमा सम्पन्न गरिएको छ ।

२० अप्रिल २०२४ शनिवारका दिन युकेको आस्फोर्ड केन्टमा बसोबास गर्दै आएका किरात धर्मालवम्बीहरुले विगतका वर्ष झैं यस वर्ष पनि माङगेन्ना सेवा सामुहिक रुपमा सम्पन्न गरेका हुन ।

युकेको ठाउँमा समयको निकै महत्व हुने र सबैलाई समय मिलाउन निकै गारो हुने भएको हुदाँ आप्लुङगेन्न ताङसेप चोमेन सेवा माङगेन्नाका लागि सेवासाबाहरु घर घरमा गएर माङगेन्ना गरिदिन धेरै मुस्किल हुने भएकोले यस समस्यालाई मध्यनजर गर्दै भक्तजनहरुको सुबिधाका लागि किरात धर्म साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेले सामुहिक तरिकाले विभिन्न ठाउँमा यसरी नै माङगेन्ना कार्यक्रम आयोजना गर्दै आएको आयोजक समितिले जनाएको छ ।

सो माङगेन्ना कार्यक्रममा आस्फोर्ड केन्ट भरिबाट सयौंको संख्यामा किरात धर्मलवम्बी भक्तजनहरु माङगेन्ना सेवा कार्यक्रममा सहभागी भएका थिए । बेलायतका प्रमुख माङसेवासाबा साङदाङगेन वरुमसाबा किरात धर्म साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेका सल्लाहकार मंगल सिं लिङदेनद्वारा किरात साम्जिक मुन्धुम बाचन गरी भक्तजनहरुको माङगेन्ना गरिएको हो ।

उनले माङगेन्ना किन गरिन्छ भन्ने बिषयमा छोटो मुन्धुमी प्रवचन राख्नु भएको थियो । माङगेन्नामा माङसेवासाबा निराज माबोहाङ र मणि चोङबाङहरुले साथ दिएका थिए । साइमन सभाहलमा बिहान १० बजेदेखि संञ्चालन भएको माङगेन्ना कार्यक्रम माङलाङ केलाङ सहित ३ः ०० बजे सम्पन्न भएको थियो ।

किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेका उपाध्यक्ष केवाहाङ चेम्जोङको अध्यक्षता तथा उपाध्यक्ष निर्मल पतङवाको ब्यवस्थापनमा सम्पन्न भएको माङगेन्ना कार्यक्रम सचिव पर्बत राईले सञ्चालन गर्नु भएको थियो ।

 

सम्बन्धित खवर