नेपाल आदिवासी जनजाती महासंघ बहराईनको चौंथो महाधिवेशन सम्पन्न, अध्यक्षमा तुम्वापो निर्वाचित - Mangsebung News
  • सोमबार, बैशाख ३१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपाल आदिवासी जनजाती महासंघ बहराईनको चौंथो महाधिवेशन सम्पन्न, अध्यक्षमा तुम्वापो निर्वाचित

बैशाक १६, वहराईन । नेपाल आदिवासी जनजाती महासंघ बहराईनको चौंथो महाधिवेशन सम्पन्न भएको छ ।

केसिटी विजनेस सेन्टर मनामा वहराईनमा २६ अप्रिल २०२४ शुक्रवार नेपाली राजदूतावास बहराईनका राजदूत तीर्थराज वाग्लेको प्रमुख आतिथ्यमा सम्पन्न चौंथो महाधिवेशनबाट नेपाल आदिवासी जनजाती महासंघ बहराईनको अध्यक्षमा वीरेन्द्र तुम्बापो निर्वाचित भएका छन् ।

कमल श्रेष्ठको संयोजकत्वमा लोक राम्जाली मगर र श्याम किराँती सदस्य रहेको निर्वाचन समितिद्वारा निर्वाचित वरिष्ठ उपाध्यक्षमा मिलन राई, उपाध्यक्षमा मान बहादुर तामाङ, कृष्ण खाम्चा मगर, राजु गुरुङ, सोमराज कन्दङ्वा, श्रवण बम्जन, धन कुमार राई र सुरेश मानन्धर निर्वाचित र्भका छन् ।

नवनिर्वाचित महासचिवमा अमृता नाल्बो, सचिवमा भिम कुमार श्रेष्ठ, सचिवालयमा क्रमशः हर्क सारु मगर, चन्द्र गुरुङ, पूर्ण साम्रा लिम्बू, जितेन्द्र राई (पेशल), कोषाध्यक्षमा भिम गुरुङ र सह–कोषाध्यक्षमा भिम लक्सम चयन भएका छन् ।

कार्यकारिणी सदस्यमा रमिता राना मगर, गीता थापा मगर, किशोर घले गुरुङ, रिता तुम्बापो, अमीर लो तामाङ र पबित्रा श्रेष्ठ रहेका छन् भने बिभागिय समिति अन्तर्गत युवा तथा खेलकुद संयोजकमा आश गुरुङ, साँस्कृतिक संयोजकमा रेनुका लामा र सञ्चार संयोजकमा शिव नारायण श्रेष्ठ निर्वाचित भएका छन् ।

यस्तै विशेष अतिथिको रुपमा नेपाली राजदूतावास बहराईनका श्रम सहचारी जमुना काफ्ले, नेपाली क्लव बहराईनका अध्यक्ष दुत प्रसाद गुरुङ(दीपक), गैर आवासीय नेपाली संघ बहराईनका अध्यक्ष राजु कुमार श्रेष्ठ, आदिवासी जनजाती महासंघ संरक्षक ज्ञानेन्द्र तमू, जनसम्पर्क समिति बहराईन(काङ्ग्रेस)का सभापति पदम सुन्दर गुरुङ, प्रवासी नेपाली मञ्च बहराईन(एमाले)का अध्यक्ष हरी कुमार श्रेष्ठ, नेपाली जनप्रगतिशिल मञ्च बहराईन(माओवादी)का उपाध्यक्ष मीन राज नाथ र प्रवासी नेपाली एकता समाज बहराईन(राप्रपा)का उपाध्यक्ष सन श्रेष्ठ रहेको कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु अतिथिको रुपमा उपस्थित थिए ।

प्रमुख अतिथि तीर्थराज वाग्लेको र विशेष अतिथि जमुना काफ्ले र उपस्थित बिशेष अतिथिहरू साथै राजनीतिक संगठनका प्रमुखहरूले शुभकामना मन्तव्य राखेको कार्यक्रममा विभिन्न संघ संस्था र ब्यक्तिहरूलाई प्रसंशा पत्र प्रदान गरिनुका साथै नेपाली राजदुतावास वहराईनलाई मायाको चिनो प्रदान गरिएको थियो ।

किरात राई यायोक्खा बहराईनद्वारा स्वागत नृत्य प्रस्तुत गरेको कार्यक्रममा नेपाल मगर संघ बहराईन, किरात याक्थुङ चुम्लुङ बहराईन, तमू समाज बहराईन र नेवा दबु बहराईनद्वारा आ–आफ्नो मौलिक साँस्कृतिक नृत्यहरू प्रस्तुत गरेका थिए ।

नेपाल आदिवासी जनजाती महासंघ बहराईनका अध्यक्ष नरेन्द्र घलेको सभाध्यक्षतामा उपाध्यक्ष शङ्कर मान गुरुङले स्वागत मन्तव्य प्रकट गरेको कार्यक्रमको सञ्चालन महासचिव मिलन राईले गरेका थिए ।

सम्बन्धित खवर