जेठ २५, माङसेबुङ । एनडीए संसदीय दलका नेता नरेन्द्र मोदी भारतको प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।
शुक्रबार साँझ राष्ट्रपति द्रौपदी मुर्मूले मोदीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।
एनडीएका नेताहरूले मोदीलाई दलको नेता चयन गरेको निर्णय जानकारी गराएपछि राष्ट्रपति मुर्मूले मोदीलाई प्रधानमन्त्री नियुक्त गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
मोदीले आइतबार साँझ ६ बजे शपथ लिनेछन् ।