सामाजिक मञ्च युएईद्वारा गायक एकदेव लिम्बू सम्मानित - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सामाजिक मञ्च युएईद्वारा गायक एकदेव लिम्बू सम्मानित

जेठ २९, युएई । संघीय लिम्बुवान सामाजिक मञ्च युएईद्वारा लोकप्रिय गायक एकदेव लिम्बू सम्मानित भएका छन ।

शनिबार राति बरदुबईस्थित क्लब याक एण्ड यतिको सभाहलमा सम्पन्न एक कार्यक्रमकाबिच गायक लिम्बू सम्मानित भएका हुन् । यसैगरी लिम्बूसगैं द ब्याण्डलाई समेत सम्मान गरेको थियो ।

गायकल लिम्बूले गत बैशाक १५ गते इलाम २ को संघीय उप निर्वाचनमा पहिचानवादिहरुको साझा उम्मेदवार डकेन्द्र सिंह थेगिम लिम्बुलाई मुढा चिन्हमा भोट मागी चुनावी प्रचारप्रसारमा सघाउन दिनरात खटेर पुर्याउनु भएको योगदानको उच्च सम्मान र कदर गर्दै सम्मानपत्र द्वारा सम्मान गरेको हो ।

गायक लिम्बूलाई संघीय लिम्बुवान सामाजिक मञ्च युएईका प्रमुख संरक्षक राम योङ्हाङ्(बैदारे ठुले), बरिस्ठ उपाध्यक्ष बिक्रम वजिहाङ्, महासचिव भुमि इधिङ्गो लिम्बु(यम्भामी), कोषाध्यक्ष मनिषा खाम्दाक, सह कोषाध्यक्ष योगेश निङ्लेकु र केन्द्रीय सदस्य केनिश साम्पाङ लगायतले खदा ओडाएर सम्मान पत्रले सम्मान गरेका थिए ।

गायक लिम्बूलाई आगामी दिनमा पनि आफ्नो पहिचान, अस्तित्व, समुदाय र राष्ट्रको हितको लागि अग्रसर भएर लाग्ने विश्वसाका साथ सम्मान गरिएको संघीय लिम्बुवान सामाजिक मञ्च युएईका महासचिव भुमि इधिङ्गो लिम्बु(यम्भामी)ले बताईन् ।

महासचिव लिम्बूले सम्मान कार्यक्रमको लागि समय प्रदान गरेकोमा आयोजक क्लब याक एण्ड यति र कियाचु युएईका संरक्षक सदस्य राजु कुरुम्बाङलाई समेत आभार प्रकट गरेकी थिईन् ।

सम्बन्धित खवर