दमकमा तीन दिने मोबाइल जर्नालिजम तालिम सुरु - Mangsebung News
  • बुधबार, मङि्सर २६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दमकमा तीन दिने मोबाइल जर्नालिजम तालिम सुरु

असार ७, दमक । पत्रकार मञ्च दमकले शुक्रबारबाट तीन दिने मोबाईल जर्नालिजम (मोजो) तालिम सुरु गरेको छ ।

माङसेबुङ गाउँपालिकाको सहयोगमा दमकस्थित मञ्चको सभाहलमा एक कार्यक्रमका बीच तालिम सुरु भएको हो ।

माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले कागतीको बोटमा पानी हालेर तालिम उद्घाटन गरेका थिए ।

‘माङसेबुङवासी अधिकांशको ब्यापार, व्यवसाय, शिक्षा, स्वास्थ्य आदिका कारण दमकमा बसोबास र आवतजावत बाक्लो हुन्छ । त्यसैले यो तालिम दमकमै गर्दा प्रभावकारी हुने भएकोले हामीले पत्रकार मञ्च दमकसँग सहकार्य गरेका हौं’, अध्यक्ष राईले भने । आजको युग विज्ञान र प्रविधि, मोबाइल युग भएको हुँदा यो तालिम प्रभावकारी हुने उनको भनाई थियो ।

होटल व्यवसायी संघ कोशी प्रदेश अध्यक्ष राजन दंगाल र पत्रकार मञ्च दमकका पूर्व अध्यक्षद्वय विष्णु पोख्रेलले तालिमका सहभागीलाई शुभकामना दिएका थिए ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बिनोद कुमार नेम्बाङ, माङसेबुङ वडा नम्बर ४ का वडा अध्यक्ष नवीन योङहाङ र मनकुमार गदाललगायतको आतिथ्यता रहेको थियो ।

तालिममा माङसेबुङका विभिन्न वडाका सहभागी र पत्रकार मञ्च दमकसहित पत्रकारिता सिक्न चाहने नयाँ सहभागी गरी ३० बढी समावेश छन् ।

तीन दिनसम्म चल्ने तालिमलाई भीषण राई, कमन देवान, विष्णु पोख्रेल, चिरञ्जीवी घिमिरेलगायतले सहजीकरण गर्ने मञ्चका सचिव उमानाथ भण्डारीले जानकारी दिए ।

सम्बन्धित खवर