कातिक ४, काठमाडौं । साफ महिला च्याम्पियनसिप २०२४ मा साबिक विजेता बंगलादेश पाकिस्तानसँग बराबरीमा रोकिएको छ ।
आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा बंगलादेश पाकिस्तानसँग १–१ को बराबरीमा रोकिएको हो ।
पहिलो हाफमै पाकिस्तानले जालिमा मलिकको गोलमा अग्रता बनाएको थियो । तर, खेलको दोस्रो हाफको इन्जुरी समयमा शाम सुनहार जुनियरले गोल गर्दै बंगलादेशलाई हारबाट जोगाइन् ।
योसँगै समूह ‘ए’ मा शीर्ष स्थानमा रहेको भारत एक खेलअगावै सेमिफाइनलमा पुगेको छ ।