कातिक १४, काठमाडौं । साफ महिला च्याम्पियनसिप २०२४ को उपाधि बंगलादेशले लगातार चुमेको छ ।
बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा नेपाललाई २–१ ले पराजित गर्दै बंगलादेशले उपाधि चुमेको हो । बंगलादेशले लगातार दोस्रो पटक उपाधि कव्जा गरेको हो ।
नेपाल पेरि पनि उपविजेता उपविजेतामा सीमित भएको छ ।
बंगलादेशलाई मनिका चक्माले खेलको ५३औं मिनेटमा सुरुवााती अग्रता दिलाइन् । तर, त्यसको चार मिनेटपछि नै प्रीति राईको क्रसमा अमिषा कार्कीले गोल फर्काइन् ।
त्यसपछि खेलको ८१औं मिनेटमा ऋतु पोर्ना चक्माको गोलमा बंगलादेशले पुन अग्रता लिदैं उपाधि कव्जा गर्यो ।
योसँगै घरेलु मैदानमा यसपटक उपाधि जित्ने नेपालको सपना पुन अधुरै रहेको छ ।