माङसेबुङमा किरात लिम्बू भाषा सरकारी कामकाजी भाषा घोषणाको सातौं बार्षिक उत्सव मनाइदैं - Mangsebung News
  • बुधबार, मङि्सर २६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङसेबुङमा किरात लिम्बू भाषा सरकारी कामकाजी भाषा घोषणाको सातौं बार्षिक उत्सव मनाइदैं

माङसेबुङ । इलामको माङ्सेबुङ गाउँपालिका वडा नम्बर ५ मा किरात लिम्बू भाषा सरकारी कामकाजी भाषा घोषणा भएको ऐतिहासिक दिनकोे सातौं बार्षिक उत्सव मनाइने भएको छ ।

माङ्सेबुङ गाउँपालिका वडा नम्बर ५ को आयोजनामा माङसेबुङमा आज बिहिबार बिबिध कार्यक्रमबिच सातौं बार्षिक उत्सव मनाइने भएको हो ।

किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका केन्द्रीय अध्यक्ष केहेरसिं योङहाङको प्रमुख आतिथ्यमा उक्त सातौं बार्षिक उत्सव भव्य रूपमा मनाइने माङ्सेबुङ ५ का दोभासे कर्मचारी सुनिल सेर्मा लिम्बूले जानकारी दिए ।

किरात लिम्बू भाषालाई सरकारी कामकाजी भाषा घोषणा गरेको ऐतिहासिक दिन मंसिर १३ गतेका दिन प्रत्येक बर्ष हर्षोउल्लासका साथ वार्षिक उत्सवको रुपमा मनाउदै आएको दोभासे कर्मचारी लिम्बूले बताए ।

यस्तै सातौं वार्षिक उत्सव कार्यक्रम समापन पछि माङ्सेबुङ ५ नम्बर वडाको १५ वटै टोलहरुमा साँझ दिप प्रज्वलन गरिने कार्यक्रम समेत रहेको पनि आयोजक समितिले जनाएको छ ।

गत २०७५ साल मंसिर १३ गते माङसेबुङ गाउँपालिका वडा नम्बर ५, मा किरात लिम्बू भाषालाई सरकारी कामकाजी भाषाको रुपमा घोषणा गरिएको थियो ।

सम्बन्धित खवर