माङसेबुङ । इलामको माङसेबुङ गाउँपालिका र माई नगरपालिकाले किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ ७१ औं जन्मोत्सवमा आज मङ्गलबार (१८ मंसिर) सार्वजनिक विदा दिएको छ ।
गाउँपालिका र नगरपालिकाले आफ्नो पालिकाको तर्फबाट सूचना जारी गर्दै धर्मगुरु लिङदेनको जन्मोत्सवमा १८ मंसिरमा माङसेबुङ क्षेत्रभित्र स्थानीय बिदा दिइएको जानकारी दिएका छन् ।
धर्मगुरू लिङदेनको जन्मोत्सवको अवसरमा दुवै पालिकाले विगतदेखि नै दिदैं आएको सार्वजनिक विदा यसवर्ष पनि निरन्तरता दिएको हो ।