नेपाल पत्रकार महासंघ इलामको अध्यक्षमा चापागाईं निर्वाचित - Mangsebung News
  • मङ्गलबार, असार २४, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपाल पत्रकार महासंघ इलामको अध्यक्षमा चापागाईं निर्वाचित

इलाम । नेपाल पत्रकार महासंघ इलाम शाखाको अध्यक्षमा भीम चापागाईं निर्वाचित भएका छन् । प्रेस संगठन नेपाल, प्रेस मञ्च नेपाल, समाजवादी प्रेस संगठन र स्वतन्त्र पत्रकार समूहसहितको ‘स्वतन्त्र समावेशी श्रमजिवी पत्रकारहरुको साझा प्यानल’ को तर्फबाट साझा उम्मेदवार राम योङहाङलाई पराजित गर्दै अध्यक्षमा चापागाईं निर्वाचित भएका हुन् ।

शाखाको १२औं अधिवेशनको शुक्रबर सम्पन्न निर्वाचनले चापागाईंको अध्यक्षतामा १६ सदस्यीय कार्य समिति निर्वाचित गरेको हो । चापागाईं प्रेस चौतारी र नेपाल प्रेस युनियनका साझा उम्मेद्वार हुन् भने, चापागाईंसँगै प्यानल नै विजयी भएका छन् ।

उपाध्यक्षमा लोकेन थेबे, उपाध्यक्ष(महिला) सुनिता राई, सचिवमा टीका खतिवडा, सहसचिवमा विनु खड्का, समावेशी सहसचिवमा बलराम बराइली र कोषाध्यक्षमा भगीरथ भण्डारी निर्वाचित भए । जसमध्ये उपाध्यक्षमा थेबे र कोषाध्यक्षमा भण्डारी निर्विरोध निर्वाचित भए ।

निर्वाचित सदस्यहरूमा सविता पाण्डे, सुनिता मगर, योगेन्द्र शंकर, प्रकाश नेपाल, विनय तिम्सिना, मनोज अधिकारी, रोशन काफ्ले, मनिष बस्नेत र खेमराज ढकाल निर्वाचित भएका छन् ।

यसैगरी केन्द्रीय परिषद् सदस्यमा विप्लव भट्टराई, गणेश घिमिरे र सुजता सुनुवार तथा प्रदेश परिषद् सदस्यमा शिव मुखिया, विमलकुमार दाहाल, राजीव नेउपाने, सोम सुनुवार र दुर्गाभवानी पोख्रेल निर्विरोध निर्वाचित भए ।

सम्बन्धित खवर