नेपाल एसिसी महिला यु–१९ एसिया कपमा सुपर फोरबाट बाहिरियो - Mangsebung News
  • बिहिबार, असार १९, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपाल एसिसी महिला यु–१९ एसिया कपमा सुपर फोरबाट बाहिरियो

काठमाडौं । नेपाल एसिसी महिला यु–१९ एसिया कपको सुपर फोरबाटै बाहरिएको छ ।

शुक्रबार भएको सुपर फोरको आफ्नो दोस्रो तथा अन्तिम खेलमा बंगलादेशसँग ९ विकेटले पराजित भएसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो ।

नेपालले दिएको ५५ रनको लक्ष्य बंगलादेशले ९.५ ओभरमा एक विकेट गुमाउँदै पूरा गरेको हो ।

बंगलादेशका फहमिदा चोयाले अविजित रहँदै सर्वाधिक २६ रन यस्तै, मोसाम्मत इभाले १८ रन बनाउँदा सुमैया अख्त सुबोर्णले १० रन जोडिन् ।

नेपालकी कुसुम गोदारले एक विकेट लिइन् ।

मलेसियाको बायुमास ओभलमा वर्षा बाधक बनेपछि खेल नेपालले ११ ओभरमा ५८ रनको योगफल खडा गरेको थियो ।

नेपालकी ओपनर सावित्री धामीले सर्वाधिक ११ रन जोड्दा अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।

सम्बन्धित खवर