उपचारको क्रममा बालगायक सचिन परियारको निधन - Mangsebung News
  • मङ्गलबार, असार २४, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

उपचारको क्रममा बालगायक सचिन परियारको निधन

काठमाडौं । बालगायक सचिन परियारको उपचारको क्रममा निधन भएको छ । त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा बिहीबार बिहान १०ः४५ बजे उनको निधन भएको अस्पतालले जनाएको छ ।

‘रातो रबर एक’, ‘रुमाल खस्छ कि’, ‘के छ र हजुर’ र ‘बरको ‘बरको छाँयाले’ जस्ता थुप्रै चर्चित गितहरु गाएका १३ वर्षीय सचिनको केही दिनदेखि आईसीयूमा उपचार भइरहेको थियो ।

अघिल्लो वर्षदेखि नै स्वास्थ्य समस्याका कारण थलिएका उनको कम्मरमुनिको भाग राम्रोसँग चल्दैन थियो । यसअघि शल्यक्रिया गरेर तंग्रिएका सचिन आफ्नै बलमा उभिन नसक्ने अवस्थामा थिए ।

भाइरल बालगायकका रुपमा परिचित सचिनले गाएका गीत सामाजिक सञ्जालमा छाएका छन् ।

सचिनले अभिनेता राजेश हमालसँग एक म्युजिक भिडियोमा अभिनय गरेका थिए । हास्य श्रृंखला ‘मेरी बास्सै’मा पनि अभिनय गरेका थिए ।

सम्बन्धित खवर