माङसेबुङमा एक दिवसिय क्यान्सर तथा गुप्तरोग सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न - Mangsebung News
  • मङ्गलबार, असार २४, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङसेबुङमा एक दिवसिय क्यान्सर तथा गुप्तरोग सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न

माङसेबुङ । इलामको माङसेबुङमा एक दिवसिय क्यान्सर तथा गुप्तरोग सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार माङसेबुङ कृषि बहुउद्देशीय सहकारी संस्था लिमिटेडको आयोजनामा माङसेबुङ–५, भालुटारस्थित सरस्वती मा.बि.को हलमा क्यान्सर तथा गुप्तरोग सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको हो ।

युनिभर्सल युथ ग्रुप तथा युनिभर्सल गुप्त रोग स्वास्थ्य सेवा केन्द्र उर्लाबारी मोरङको प्राविधिक सहयोगमा सम्पन्न सचेतना कार्यक्रमको औचित्य बारेमा संस्थाका अध्यक्ष सुनिल धिमालले जानकारी दिए ।

यसैगरी सचेतना कार्यक्रममा पाठेघरको मुखको क्यान्सर भिआइए, ब्रेस्ट क्यान्सर सम्बन्धि डाक्टर अमिश उप्रेतिले सहजिकरण गरेका थिए ।

यस्तै गुप्तरोग हाइड्रोसिल, पाइल्स, फिस्टुला लगायतका रोग सम्बन्धि युनिभर्सल युथ ग्रुप तथा युनिभर्सल गुप्तरोग स्वास्थ्य सेवा केन्द्र उर्लाबारीका कार्यक्रम संयोजक राजिव बस्नेतले जानकारी दिएका थिए ।

सम्बन्धित खवर