- पदम सुखि सम्बाहाम्फे
कुम्मायक । पाचथर जिल्लाको दक्षिणी क्षेत्रमा रहेको कुम्मायक गाउँपालिका वडा नम्बर ३ र ४ को सङ्गम स्थल स्थित तिङ्देनको इवाटारमा सम्बाहाम्फे चोत्लुङ हरित पार्क गत माघ १ गते उद्घाटन गरिएको छ ।
पुर्व सामान्य प्रशासन राज्यमन्त्री तथा नेकपा एमालेका केन्द्रिय सदस्य डम्बरसिं सम्बाहाम्फेले शिलालेख अनावरण गरि हरित पार्कको उद्घाटन गरेका थिए । उक्त उद्घाटन समारोहमा सम्बाहाम्फे बङ्शहरुको ऐक्य वद्द्ता तथा ऐतिहासिक थाकथलो र प्राकृतिक सौन्र्दर्यताले भरिपुर्ण चोत्लुङ पार्कको छुट्टै महत्त्व थपेको सम्बाहाम्फेले बताए ।
कक्फेवा तङ्नाम अर्थात माघे सक्रान्तिको अवसरमा भएको सोहि कार्यक्रममा कक्फेवा चाप फुल्ने समयमा किरात जातिको साल सम्बत फेरिने (येले तङ्बे ५०८५) भएकोले हर्ष र उल्लासमय ढंगले यो पर्वको रूपमा मनाइएको पुर्व सामान्य प्रशासन राज्यमन्त्री सम्बाहाम्फेले थप बताए ।
सम्बाहाम्फे उत्थान संघका केन्द्रिय निवर्तमान अध्यक्ष शेरबहादुर सम्बाहाम्फे क्षेत्रीय समितिका अध्यक्ष राजेस्वर सम्बाहाम्फे केन्द्रिय अध्यक्ष अमृत सम्बाहाम्फे उपाध्यक्ष धिरेन्द्र सम्बाहाम्फे वडा नम्बर ४ रानिगाउँका वडा अध्यक्ष फगेन्द्र सम्बाहाम्फे लगायतले ३ भाइको सन्तान सम्बाहाम्फे लिम्बु जाति समुदाय वा बङ्स अब एक हुनुको विकल्प नरहेको बताए । बङ्श भित्र हालपनि अराजक तथा बेमेल सोच भएका घमण्डि ब्यक्तिहरुको चलखेल तेतिकै रहेको तर यस्तो कुसोचले बङ्श भित्र भविस्यमा राम्रो नतिजा नदिने पनि उनीहरुको भनाइ थियो ।
२९ औं सम्बाहाम्फे उत्थान संघको स्थापना दिवसको अवसरमा कुम्मायक गाउँपालिकाका अध्यक्ष बमप्रसाद लावतिले गाउँपालिका भित्र धेरै ऐतिहासिक पुरातात्त्विक संरचना र सम्पत्ति रहेको बताए । यो हरित पार्क निर्माणकार्यका लागि बन मन्त्रालय बाट २५ लाख र गाउँपालिकाको स्रोत बाट १ करोड ३० लाख गरि जम्मा १ करोड ५५ लाख खर्च भएको उनले बताए । २०८० जेठ १८ गते तुम्बेहाङ निर्माण सेवा प्रा.लि. पाँचथरले ९५ लाख ४५ हजार ६ सय ३४ रुपैयाँमा ठेक्का लिएको थियो । उक्त योजना ठेक्का पाएको निर्माण कम्पनीले २०८१ भदौ १८ गते नै निर्माण कार्य पुरा गरेको पनि लावतिले भने ।
स्थानीय जग्गा दाता बिर्खबहादुर सम्बाहाम्फे र पुर्व सामान्य प्रशासन राज्य मन्त्री डम्बरसिं सम्बाहाम्फेद्वारा खरिद गरिएको ८ रोपनी जग्गामा रहेकोे हरित पार्कमा भ्यु टावर परम्परागत रूपमा निर्माण गरिएको घर शौचालय, मन्दिर, पोखरी, बिश्राम स्थल, साथै बृक्षा रोपण, गेट र घेराबाराले सुसज्जित रहेको छ ।
उक्त कार्यक्रममा विभिन्न पार्टीका प्रतिनिधिहरु बुद्धिजीवी सरोकारवाला तथा फाल्गुनन्द गाउँपालिकाका निवर्तमान अध्यक्ष बिरबहादुर कुरुम्बाङ पाँचवटै वडाका वडा अध्यक्ष तथा सदस्यहरुको सभ्य र भब्य उपस्थिति रहेको थियो । साथै सोहि कार्यक्रमको अवसरमा फुटबल, भाले जुदाइ, छेलो, नौमति बाजा केःलाङ र धाननाच समेत भएको थियोे ।