इलाम । सरकारले मुकुम्लुङ पाथीभरा क्षेत्रमा केबलकार बनाउन नहुने भन्दै आन्दोलनरत ‘नो केबलकार समूह’लाई फेरि वार्ताका लागि बोलाएको छ ।
वार्ता टोलीबाट सोमबार जारी विज्ञप्तिमा भनिएको छ, ‘पाथीभरा क्षेत्रमा केबलकार निर्माणको क्रममा आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समुदायको समस्याको वार्ताको माध्यमबाटै उक्त केबलकारको निर्माण कार्य हाललाई स्थगित गर्ने एवं वार्ता र संवादको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधान गर्न आन्दोलनरत पक्षलाई वार्ता र संवादको लागि आउन हार्दिक अपिल गर्दछु ।’
सरकारी वार्ता टोलीले यसअघि पनि वार्ताका लागि आह्वान गरेको थियो । ‘नो केबलकार समूह’ ले गृहसचिवस्तरको वार्ता टोलीले माग सम्बोधन गर्न नसक्ने बताउँदै मन्त्रीस्तरीय वार्ता समिति गठन गर्नुपर्ने उनीहरूको माग रहेको छ ।