काठमाडौं । नेपाल एएफसी एसियन कप २०२७ तेस्रो चरणको छनोटमा पराजित भएको छ ।
मंगलबार सुल्तान इब्राहिम स्टेडियममा भएको समूह एफ को पहिलो खेलमा नेपाल घरेलु टोली मलेसियासँग २–० ले पराजित भएको हो ।
खेलको २९औं मिनेटमै मलेसियाले हेक्टर हेभललेको गोलमा सुरुवाती अग्रता लिएको थियो । उनले डेब्यु खेलमै टिमलाई अग्रता दिलाएका हुन् ।
त्यसपछि खेलको ७०औं मिनेटमा लाभेरे कोर्बिन–अङलेको गोलमा मलेसियाले २–० को जित हासिल गरेको हो ।
यो जितसँगै मलेसियाले तीन अंक जोडेको छ । हारसँगै नेपालले भने अंक जोड्न सकेन ।