अमेरिकाको ओहायोमा येत नाम्धुङ् लाधुङ् सेमी सेवा हुँदै - Mangsebung News
  • शुक्रबार, असार २०, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

अमेरिकाको ओहायोमा येत नाम्धुङ् लाधुङ् सेमी सेवा हुँदै

अमेरिका । किरात हाङ्साम साम्यो नु साक्थिमरेन सङ्जुम्भो ओहायो अमेरिकाको आयोजनामा आगामी मे १८, २०२५ (वि.स. २०८२ साल जेठ ४ गते थो लाङ्दाक खिवेक्वा येत नाम्धुङ् लाधुङ् सेमी सेवाको हुने भएको छ ।

मुनरो फल्स्, कयहोगा फल्स, ओहायो अमेरिकामा आयोजना गरिएको सेवामा अमेरिकामा बसोबास गर्ने सम्पूर्ण किरात धर्मावलम्बीहरूलाई निमन्त्रणा गरिएको आयोजक समितिका सल्लाहकार सुयेन लिङ्देनले जनाएको छ ।

गत अप्रिल १३ मा बसेको आयोजक समितिको बैठकले विश्व शान्ति, मानव एकता चराचर सृष्टि रक्षार्थ भव्य रुपमा येत् नाम्धुङ लाधुङ सेमी सेवा गर्ने योजना बनाएको समितिका सल्लाहकार लिङ्देनको भनाई छ ।

 

सम्बन्धित खवर