ताप्लेजुङ । ताप्लेजुङको मुक्कुमलुङ (पाथीभरा) जाँदै गरेको जिपमा करेन्ट लाग्दा ४ जनाको मृत्यु भएको र २ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा ललितपुर महानगरपालिका १० बस्ने सबिना आचार्यकी छोरी १६ वर्षीया आध्या आचार्य, झापाको भद्रपुर नगरपालिका १५ बस्ने ७० वर्षीय विनोद पौडेल, विनोद पौडेलकी श्रीमति ६९ वर्षीया सरिता पौडेल र चालक ताप्लेजुङको फुङलिङ नगरपालिका १० बस्ने अन्दाजी ४२ वर्षीय दुर्गा भट्टराई प्रदेश १ प्रहरी कार्यालयका प्रवक्ता एवम् एसएसपी भीमबहादुर दाहालले जानकारी दिए ।
उनका अनुसार घाइते हुनेमा ललितपुरको ललितपुर महानगरपालिका १० बस्ने ४५ वर्षीया सबिना आचार्य र उनको १० वर्षीय छोरा भबिमय आचार्य घाइते छन् । उनीहरुलाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं ल्याइँदै छ ।
सदरमुकाम फुङलिङबाट दर्शनार्थी लिएर मुक्कुमलुङ पाथीभरा जाँदै गरेको मे १ च ३०११ नम्बरको बोलेरो जिपमा आज बिहान फुङलिङ नगरपालिका–१० को सेवारो चोक भन्ने स्थानमा बिजुलीको पोलबाट लत्रिएको तारमा अल्झिएर आगो लागेको थियो ।