माङसेबुङ । लामो प्रतीक्षापछि माध्यमिक तहको याक्थुङ (लिम्बू) भाषा अध्ययनका लागि तयार गरिएको ‘याक्थुङ कक्षा ९’ पाठ्यपुस्तक आगामी शैक्षिक सत्रदेखि पठनपाठनमा लागू हुने भएको छ ।
पाठ्यक्रम विकास केन्द्रअन्तर्गत मातृभाषा विषय समितिमा प्रस्तुत गरिएको सो पुस्तकमा केन्द्रका महानिर्देशक युवाराज पौडेलको विशेष निर्देशन र विषय समितिका अध्यक्ष श्री बज्रमणि बज्राचार्य, सदस्य डम्बर आङदेम्बे, निर्देशक राजु श्रेष्ठ, र अधिकृत कुमार घिमिरेले महत्वपूर्ण शैक्षिक र पृष्ठपोषणात्मक योगदान पु¥याएका छन् ।
लेखकद्वय निशेष आङ्देम्बे र अमर तुम्याहाङले तयार पारेको यस पाठ्यपुस्तकलाई अझ प्रभावकारी बनाउन यसअघि सम्पन्न शिक्षक कार्यशालामा येहाङ लओती, सुजाता खजुम, यमता पन्धक र पुष्पहाङ लोवाले पनि उपयोगी सुझाव र परामर्श दिएका थिए ।
लामो समयदेखि याक्थुङ समुदायका विद्यार्थीहरूका लागि मातृभाषामा गुणस्तरीय पाठ्यसामग्री अभाव भोगिँदै आएको सन्दर्भमा यो पाठ्यपुस्तक प्रकाशनले मातृभाषा शिक्षा प्रवद्र्धनमा महत्वपूर्ण योगदान गर्ने विश्वास लिइएको छ ।
अब आउँदो शैक्षिक सत्रदेखि याक्थुङ कक्षा ९ का विद्यार्थीहरूले नयाँ पाठ्यपुस्तक अनुसार अध्ययन गर्न पाउने लेखक तुम्याहाङले बताए ।