बेलायतमा मुक्कुमलुङ संरक्षण विषायक अन्तरक्रिया कार्यक्रम सम्पन्न - Mangsebung News
  • शुक्रबार, असार २०, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

बेलायतमा मुक्कुमलुङ संरक्षण विषायक अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • सिक्कुम ज्ञानु फुरुम्बो चरपे

युके । बेलायतमा मुक्कुमलुङ संरक्षण विषायक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

सेमुक्तु मुक्कुमलुङ संरक्षण सहयोग समिति युकेको आयोजनामा गत आइतबार नेपालबाट वेलायत पुगेका केवलकार खारेजी संयुक्त संघर्ष समितिका संयोजक खगेन्द्र फेम्बु लिम्बुको उपस्थितिमा विभिन्न समाजिक, राजनितिक संघ, संस्थाका प्रतिनिधिहरुको उपस्थितीमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

किरात याक्थुङ चुम्लुङ युकेको सभाहलमा भएको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा किरात याक्थङ चुम्लुङ युकेका अध्यक्ष कमला सेन्दाङ, ब्रिटिश गोर्खा भुतपुर्व सैनिक संगठन(बिगेसो)का केन्द्रीय अध्यक्ष पदमसुन्दर लिम्बू, किरात याक्थुङ चुम्लुङ आस्फोर्ड शाखाका अध्यक्ष सन्दर लिङथेप, किरात याक्थुङ चुम्लुङ रसमोर शाखाका अध्यक्ष थान नाल्बो, किरात याक्थुङ चुम्लुङ युकेका केन्द्रीय सदस्य टंक येङदेन, किरात याक्थुङ चुम्लुङ युकेका पुर्व उपाध्यक्ष गणेश इजम, लिम्बुवान नागरिक समाजका पुर्व सल्लाहकार लोकेन्द्र तबेबुङ, पहिचानवादी मोर्चा युकेका संगठन प्रमुख राम इजम, लगायतको सहभागिता रहेको थियो ।

‘विगत लामो समय देखि केवलकारवालाहरुले स्थानीय सरोकारवाला, अधिकारवाला, जनताहरुको चाहान, विपरित जर्वजस्त मुक्कुमलुङमा केवकार निमार्ण गर्न खोज्दै छन्’ संयोजक खगेन्द्र फेम्बु लिम्बु भने, ‘यो प्रोजेक्ट कदापी सक्सेस हुन्दैन र सक्सेस हुन पनि दिन्दैनौं यदि बल मिचि निर्माण गरे केवलकार कदापी चल्दैन यसको रिजट राम्रो आउदैन हामी पटक, पटक झडपमा हुमि सकेका छौं ।’

नेपालबाट अफिसयल काम लिएर दुई साताका लागि वेलायत आएका केवलकार खारेजी संयोजक फेम्बुले याक्थुङ लिम्बुहरुको चोत्लुङ साथै पवित्र, मुन्धुमी, धार्मिक, संस्कृतिक, सम्पदाहरुलाई विकासको नाममा विनास गरेर निमार्ण गरिएको बिकास, विकास होईन विनास हो विकासले जनतामा खुसि आउनु पर्छ निरासा होईन । हामी एक मुठि सास रहुन्जेल मुक्कुमलुङ बचाउका लागि लडने छौं । यसका लागि संसारमा छरिएर बसेका मुक्कुमलुङ प्रेमी पहिचानवादी, अस्तित्ववादी सबैले हरेक तवरबाट साथ सहयोग गर्नु सक्नु हुन्छ र कति पनि चिन्ता नलिनु होला हामी डटेर लडने छौं, लडदै आएका छौं र माङ कसम खाएर भन्छु हामी कुनै पनि लोभलालचा, सौदावाजी, मुक्कुमलुङ मुद्वालाई ओझेलमा पार्ने छैनौं र यहाहरुलाई धोका दिने छैनौं भनी उपस्थित सबैलाई विश्वास दिलाएका थिए ।

मुक्कुमलुङ आन्दोलन साझा आन्दोलन हो । यसलाई लक्ष्यमा पुर्याउन हर्दम हामी सबै मिलेर आफ्ना विवेक भ्याए सम्मको वैचारिक, सैदान्तिक, नैतिक वा अन्य तवरबाट जहाँ बसे पनि भरपुर सहयोग गर्न सकिने भनि गणेश इजम, राम इजम, पदमसुन्दर लिम्बू, लगायतले बिचार राखेका थिए ।

केवलकार निमार्ण पक्षले स्थानीय जनताहरुको चाहानको विरुद्व साथै मुन्धुमी स्थललाई बिकासको नारा दिएर एउटा निजी ब्यक्तिको स्वार्थ पुर्ति गर्नका लागि मुक्कुमलुङ बचाउ जनता माथी राज्यबाट गोली चलाएकोमा रसमोर शाखाका अध्यक्ष थान नाल्बो लिम्बुले विज्ञप्ती सहित सो दिन घोरभर्सना गरेका थिए ।

यस्तै मुक्कुमलुङ आन्दोलनलाई सफल बनाउन साथ सहयोग गर्नेहरुलाई सेमुक्ति मुक्कुमलुङ संरक्षण सहयोग समितिले धन्यवाद पत्र समेत प्रदान गरेको थियो । भने युके संयोजक दिल सम्बाहाङफे अध्क्षयतामा सम्पन्न मुक्कुमलुङ भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सहसचिव लाहाङ चम्जोङले संचालन गरेका थिए ।

सम्बन्धित खवर