माङसेबुङमा राई बान्तवा भाषाको पठनपाठन हुने - Mangsebung News
  • सोमबार, कार्तिक ११, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङसेबुङमा राई बान्तवा भाषाको पठनपाठन हुने

माङसेबुङ । माङसेबुङ गाउँपालिकाका विद्यालयहरूमा राई बान्तवा भाषाको पठनपाठन हुने भएको छ ।

गाउँपालिका अध्यक्ष हेमन्त राईको अध्यक्षतामा साउन २३ गते बसेको बैठकले बान्तवा भाषा पठनपाठन गर्न आवश्य पाठ्यक्रम निर्माणका लागि मदनकुमार राईको संयोजकत्वमा समिति ‘बान्तवा भाषा पाठ्यक्रम लेखन कार्यदल’ गठन गरिएको छ । राई गाउँपालिका शिक्षा समितिका सदस्य तथा जीवनज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक हुन् ।

समितिको सदस्यमा सिङ्घेश्वरी आधारभूत विद्यालय (आवि)का प्रअ उदय राई‚ किरात राई यायोक्खा इलामका जिल्ला सदस्य तथा पूर्वशिक्षक गुञ्जकुमार राई‚ जीवनज्योति माविका शिक्षक सकुन्तला राई‚ सरस्वती आविका प्रअ अम्बिकाप्रसाद राई र गाउँपालिकाको शिक्षा शाखाका अधिकृत युवराज खनाल रहेको गाउँपालिकाका प्रवक्ता सुसन राईले जानकारी दिए ।

यस्तै‚ पूर्वशिक्षक तथा किरात एवाई राई संघ केन्द्रीय समितिका अध्यक्ष भक्तबहादुर राईको संयोजकत्वमा कार्यदल सल्लाहकार समिति गठन गरिएको छ । समितिको सदस्यमा आदिवासी जनजाति महासंघ‚ माङसेबुङका अध्यक्ष डिल्लीकुमार राई‚ पूर्वशिक्षक नरबहादुर माङपाहाङ राई‚ जनकल्याण आविका प्रअ मनकुमार राई‚ पूर्वशिक्षक रामप्रसाद राई र गाउँपालिका शिक्षा शाखा प्रमुख बुद्धिप्रसाद खतिवडा रहेका छन् ।

माङसेबुङका केही विद्यालयहरूमा लिम्बू भाषाको पठनपाठन भइरहेको छ ।

सम्बन्धित खवर