फिफा विश्वकप : स्पेन सेमिफाइनलमा प्रवेश - Mangsebung News
  • शनिबार, असार २७, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

फिफा विश्वकप : स्पेन सेमिफाइनलमा प्रवेश

माङसेबुङ । स्पेन फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

अमेरिकाको लस एन्जलस स्टेडियममा भएको क्वार्टरफाइनल खेलमा बेल्जियमलाई २–१ ले पराजित गर्दै स्पेन १६ वर्षपछि सेमिफाइनलमा प्रवेश गरेको हो ।

स्पेनको जितमा फेबियन रुइज र मिकेल मेरिनोले एक–एक गोल गरे । बेल्जियमका लागि चाल्र्स डे केटलेरले एक गोल फर्काए ।

अब स्पेनले फाइनल प्रवेशका लागि फ्रान्सको सामना गर्नेछ ।

सम्बन्धित खवर