यादन र सृजनाको लुङमाबान तुक्लो - Mangsebung News
  • शुक्रबार, बैशाख २८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

यादन र सृजनाको लुङमाबान तुक्लो


दमक/लोकप्रिय गीतकार, संगीतकार तथा गायक यादन सेर्मा लिम्बुको शब्द र संगीतमा सजिएको किरात लिम्बू भाषाको लुङमाबान तुक्लो बोलको मर्म स्पर्शी गीत स्टुडियो लिप्सिङ भिडियो युट्युव मार्फत सार्बजनिक भएको छ ।

गायक यादन सेर्मा लिम्बु र सृर्जना जबेगुको सुमधुर आवाजमा सजिएको उक्त गीत सिमिक्लुङ दर्पण युट्युब च्यानल मार्फत सार्बजनिक भएको हो । सेवा रेकर्डिङ स्टुडियोमा रेकर्डिङ भएको उक्त गीतलाई पदम राजन मगरले एरेन्ज गरेका छन् ।

पदम राजनलेनै रेकर्डिङ गरेको उक्त गीत मुस्कान मुकारुङले मिक्सिङ तथा मास्टरिङ गरेको छन् । स्टुडियो लिप्सिङ भिडियो भने जीवन मुकारुङले छायाङकन र सम्पादन गरेका छन् ।

सम्बन्धित खवर