नालीफूङवा पान्जुम्भोको स्थापना दिवस सम्पन्न - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नालीफूङवा पान्जुम्भोको स्थापना दिवस सम्पन्न

दमक: किरात साम्यो नालीफूङवा मुजोत्लुङ पान्जुम्भोको १९औं स्थापना दिवस झापाको दमक स्थित रेडक्रस भवनमा सम्पन्न भएको छ । संघीय सांसद झापा क्षेत्र नं. ४ का सांसद एल. पि. साँवा लिम्बूको प्रमुख आतित्थ्य रहेको कार्यक्रममा विशेष अतिथि प्रदेश सभा सदस्य राम राना मगर, किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङ, माङसेबुङ गाउँपालिका उपाध्यक्षा सुतिा सुब्बा फोम्बो र माङसेबुङ गाउँपालिका नेकपा संयोजक हेमन्तराई रहेको कार्यक्रममा संस्थापक अध्यक्ष नन्द कुमर नेम्बाङ निवर्तमान अध्यक्ष विक्रम वनेम फागोलाई तामापत्र सहित सम्मान गरिएको छ भने नालीफूङवा झुजारु पुरस्कार–२०७६, ३ जनालाई जनही १५१९ सहित सम्मानपत्रद्वारा थुम पान्जुम्भो मोरङमा अध्यक्ष, आकाश लङ्वा, थुम पान्जुम्भो पान्थर कोषाध्यक्ष, देशिला तुम्बापो, पाङभे पान्जुम्भो माबुकी अनिशा सावादेन पुरस्कृत तथा सम्मानित भएका छन् ।


नालीफुङवा पान्जुम्भोको तर्फबाट प्रकाशित नालिफुङवा मासिककामा रहेर (२०६९–२०७२) काम गरेका सम्पाद, सह–सम्पादक र व्यवस्थापक क्रमशः आन्छुमे नसान काकीराम लाओती, सङसेमी माङयुङ र शान्त तिगेला समेतलाई सम्मान गरेको छ । त्यस्तै सुमधुर स्वरकी धनी स्वास्तिका सावादेन, बाल गायक तथा कलाकार मनिश लिम्बू र वाल कलाकार खुशी थेगिमका साथ प्रमुख अतिथि समेतलाई सम्मान गरिएको उक्त कार्यक्रम पान्जुम्भो अध्यक्ष दिपक तिगेलाको अध्यक्षता र पान्जुम्भो सचिव योगेश लाओतीको सञ्चालन रहेको कार्यक्रममा विभिन्न धार्मिक कार्यक्रम र साँस्कृतिक कार्यक्रमको प्रस्तुति रहेको कार्यक्रम किरात धर्म सम्बद्ध युवाहरुको गौरवशाली छाता संगठनको रुपमा स्थापित यो संगठनले निरन्तर स्थापना दिवस मनाउदै आईरहेको छ ।

सम्बन्धित खवर