सम्झना लाओतीको याचना ‘म बाँच्न चाहान्छु’ - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सम्झना लाओतीको याचना ‘म बाँच्न चाहान्छु’

 

 

२३ साउन २०७६
मोरङ, क्यानसर रोगबाट ग्रसित मोरङको कानेपोखरी गाउँपालिका–६, निवासी लाओती सम्झना थेगिमको उपचारका लागि परिवारले सहयोगको याचना गरेका छन् स्तन क्यानसरका कारण २० महिनादेखि ललितपुर स्थित नेपाल क्यान्सर अस्पतालमा उपचाररत सम्झनाको बिसौं लाख बराबरको रकम सकिएको तर रोग भने झनै थपिएर फोक्सोमा समेत क्यानसर देखिएपछि डाक्टरको सल्लाह अनुसार भारतको राजस्थान लैजानु पर्ने भएकोले जटिल समस्या थपिएको छ । पारिवारिक नातागोताबाट संकलित रकम सकिएपछि सास भईञ्जल आस हुने र अब भगवान भरोसा अर्कोे विकल्प हामीमा नभएकोले अबको पाटो भनेको दयालु, मनकारी, सहयोगी दाताहरुमाझ अपिल गर्नु परेको पीडितका दिदी सुनिता लाओतीले बताए ।

 

 

 

 

मासिक हजारौं रुपैयाँको औषधि, तीन हप्तामा किमो चलाउनु पर्ने, एक किमोको १२ देखि १५ हजार रुपैया पर्ने दीर्घ रागी श्रीमतीको उपचार खर्च जुटाउन पति अर्जुन थेगिम रोजगारीको लागि खाडी मुलुक साउदी अरव गएका छन् । आर्थिक समस्याका कारणनै भारत लानमा ढिलाई र उपचारमा समस्या आएकाले यसलाई देश विदेशमा ब्यापक र प्रभावकारी वनाउन हामीले १९ सदस्य रहेको समितिनै बनाएर अघि बढेको संयोजक राजकुमार पापोले बताए ।
तपाईहरुको एकदिनको खाजा, नास्ताको पैसा जोगाएर सहयोग गरिदिनुहुन छोरी अर्जना थेगिमले अपिल गरेकी छिन् । मेरी आमा आँशु झार्दै भन्छिन्, छोरी म बाँच्न चाहान्छु ।

सम्झनालाई बचाउन र परिवारलाई सहयोग गर्न विस्तृत जानकारीः

सुनिता लाओती ः ९८०८९६०५०५ (विरामीका दिदी)
राजकुमार पापा ः ९८०७९७९१९९ (विरामी उपचार समिति संयोजक)

सम्बन्धित खवर