मिक्लाजुङ नरसंहारबाट बच्न सफल सितालाई एन.आर.एन.ए. को १ लाख सहयोग - Mangsebung News
  • शनिबार, बैशाख १५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

मिक्लाजुङ नरसंहारबाट बच्न सफल सितालाई एन.आर.एन.ए. को १ लाख सहयोग

 

काठमाडौं, २८ साउन । गैरआवासीय नेपाली संस्था (एनआरएनए)को परोपकारी परियोजना अन्तर्गत मिक्लाजुङ नरसंहारमा बाँचेकी सीता खजुमलाई सोमबार अनामनगर काठमाडौंमा १ लाख रुपैयाँ प्रदान गरेको छ ।
एन. आर. एन. मेलेसियाका अध्यक्ष खगेन्द्र न्यौपाने, सल्लाहकार योगेन्द्र कुँवर, सदस्यद्वय राम नेपाल र मानसिंह थापाको उपस्थितिमा सताकी आमा बुद्धमाया फियाकलाई उक्त रकम हस्तान्तरण गर्दे, सदस्य राम नेपालले समितिको मासिक बैठकमा परोपकारी परियोजनाको प्रस्तावमा मिक्लाजुङ नरसंहारको कुरा सल्लाहकारज्यूले ल्याएकै कारण यो सार्थक भएको बताए ।

सल्लाहकार योगेन्द्र कुँवरले आफूले ल्याएको प्रस्तावलाई समितिले सहर्ष स्वीकार गरेर आज यहाँसम्म आइपुग्न सफल भएको बताएका थिए । साथै नगदलाई सहिसदुपयोग हुनेमै विश्वस्त रहेको कुँवरले बताए ।

प्रदेश नं. १ को सरकारले सिता खजुमलाई अध्ययन गराउँदै आएको कारण उनी काठमाडौं आउन नपाएपछि सीताकी आमा बुद्धमाया फियाक काठमाडौं आएकी थिइन् ।

कार्यक्रममा खजुमकी आमा बुद्धमाया फियाकले हत्यारालाई आफ्नो जीवनकालमा देखेर मात्र मर्न पाउँ भनेर बिन्ति गरेकी थिइन् । हत्यारा चाँडो पत्ता लगाई सजाय दिलाए आफ्ना गुमेका सन्तान, आफन्तहरुको आत्माले शान्ति पाउनेथे उनको कामना थियो ।

कसरी भएको थियो मिक्लाजुङ घटना ?
गत वैशाख ६ गते पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरूबोटेमा नकाब लगाएका व्यक्तिले सुतिरहेका बमबहादुर फियाक र धनराज शेर्माका परिवारको सामूहिक हत्या गरेका थिए । नौ जनाको एकजनाले विभत्स हत्या गरेको बताए पनि हत्यारा को हुन् र उनले किन नौ जनाको सामूहिक संहार गरे भन्नेबारे केही पहिचान गर्न सकेको छैन ।

बमबहादुरको घरका चार जना बमबहादुरसहित पत्नी फुर्चीमाया फियाक, कान्छी छोरी मनकुमारी फियाक, नातिनी आसिका खजुम र उनका ज्वाइँ धनराज शेर्माको परिवार पाँच जना धनराजसहित पत्नी जस्मिता फियाक (शेर्मा), छोरीहरू युहाना शेर्मा, मुना शेर्मा तथा भतिजी इक्सा शेर्माको धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो । उक्त विभत्स हत्याबाट भागेर ज्यान जोगाएकी सिता खजुम बमबहादुरकै नातिनी हुन् ।

हत्यालगत्तै मानबहादुरको आत्महत्या

नौ जनाको हत्या भएलगत्तै मानबहादुर माखिमले आत्महत्या गरेका थिए । उनको शव घरनजिकै रुखमा झुन्डिएको अवस्थामा भेटिएको थियो । परिवारमा बिमेल भएपछि पत्नी मनकुमारी फियाक मानबहादुरलाई छाडेर माइतमा बस्दै आएकी थिइन् । मानबहादुर मलेसियाबाट घटना भएको मितिभन्दा दुई महिनाअघि फर्किएका थिए । नरसंहार हुनु र आत्महत्या गर्नुले घटनाको रहस्य अझै बाहिरिएको छैन ।

सम्बन्धित खवर