कल्चरमा दक्ष बन्न चाहन्छु - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कल्चरमा दक्ष बन्न चाहन्छु

 

दुई दशक अगाडि बेघा थोबोजुम भन्ने संस्थामा आबद्व भएर उपत्यकाबाट नृत्य गर्दै कलाकारिताको दुनियामा कदम चालेका बहु प्रतिभाका धनि दिनेश माङमु लिम्बू चिरपरिचित नाम हुन् । उनको परिचय यतिले मात्र पुग्दैन उनी कुसल कोरियोग्राफर, नृत्य निर्देशक तथा निर्देशक पनि हुन् । कलचरल विबिधतामा कलात्मक नृत्य निर्देशन गर्न माहिर उनी सरल र मिजासिला छन् । साधा अनि सरल जीवन व्यतित गर्न रुचाउँने उनको रोमान्टिक स्वभाव अचम्मैको छ ।

वि. स. २०६४ सालमा भिम लामाको निर्माणमा किसोर सुब्बाद्वारा निर्देशित नेपाली कथानक चलचित्र माटोको भोजपुरी गीतमा पहिलो पटक नृत्य निर्देशकको रुपमा काम गरी एक्सन कट भन्न थालेका दिनेश अहिले भने व्यस्त निर्देशकको रुपमा आफूलाई उभ्याउन सफल बनेका छन् । कोरियोग्राफरको रुपमा भने चन्द्रधोज बेघाबाट कलचरल सम्बन्धि धेरै ज्ञान लिएर अघि बढेको बताउने माङमु चन्द्रधोज बेघा, गोपाल बेघा, सोनिया बेघा र सुस्मा बेघाहरु आफ्ना गुरु भएको र उहाँहरुको प्रेरणा र बेघा थोबोजुमको प्रेरणाबाट आजसम्म निरन्तर संघर्ष गरिरहेको बताउँछन् ।

जन्मेपछि नमरुन्जेलसम्म जीवनका तितामिठा भोगाईहरुलाई अभिनय मार्फत नक्कल गर्दै समाज, समुदाय, राष्ट्र र अन्तराष्ट्रसम्म प¥ुयाउनु, समाजलाई शिक्षा प्रदान गर्नु नै कलाकारिता हो भनि उनले बताए । कलाकारितालाई नाच्नु र गाउँनु मात्र नभएर समाजलाई कसरी बचाउने, समाजमा कसरी रहने, समाजसँग कस्तो व्यवहार गर्ने भन्ने नक्कल गरेर दिशाबोध गर्ने माध्यम भएको उनी बताउँछन् । कोरियोग्राफीमा या नृत्य निर्देशनमा यदी सिकेर बुझेर लामो समयसम्म निरन्तर लागि पर्नेहो भने बाँच्न सकिने तर छोटो समयमै चर्चामा आउछु, भाईरल हुन्छु भनेर लागियो भने त्यो क्षणिक मात्र हुने उनी आफ्नो अनुभव शेयर गर्छन ।

ताप्लेजुङको सादेवामा २०४५ सालमा जन्मेका दिनेश २०५८ सालदेखि नखिपोट ललितपुरमा बस्दै आईरहेका छन् । पारिवारिक सहयोगकै कारण आजसम्म निरन्तर नृत्य निर्देशनमा लागि परेका उनी भविष्यमा जाति, समुदाय पिछेको थुप्रै संस्कृतिहरुमा अध्ययन अनुसन्धान गरी कलचरमा दक्ष बनेर कलचरल नृत्यहरु निर्देशन गर्ने लक्ष्य बनाएको उनले बताए । चलचित्र र म्यूजिक भिडियो गरी ४ सय ६० वटा गीतहरुमा नृत्य निर्देशन गरिसकेका उनले हालसम्म एक दर्जन म्युजिक भिडियो र आधा दर्जन कलचरल मुभिहरुमा विशेष कमेडी क्षेत्रमा अभिनय गरिसकेका छन् । याक्थुङ मुन्जइत चोक सयङको केन्द्रीय सचिव, सुधा फाउन्डेसनको उपाध्यक्ष र ताप्लेजुङ कलाकार समाजको सह सचिवको रुपमा उनले काम गर्दै आइरहेका छन् ।

सम्बन्धित खवर