अन्तत लामो सकस पछि नेकपाबाट ढकाल उम्मेद्वार - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

अन्तत लामो सकस पछि नेकपाबाट ढकाल उम्मेद्वार

 

दमक, ३२ साउन/दमक उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा नेकपाको तर्फबाट राजेन्द्र ढकाल अध्यक्षको उम्मेद्वार बन्ने भएका छन् ।

शुक्रवार नेकपा निकट व्यवसायीहरुको समूहले ढकाललाई अध्यक्षको उम्मेद्वार बनाउने निर्णय गरेको हो । संघका वर्तमान अध्यक्ष राजेन्द्र ढकाललाई पुनः नेकपाले उम्मेदवार वनाउने भएपछि अध्यक्ष पदका अर्का आकांक्षी बिमल खतिवडा भने कुनै पदको उम्मेद्वार नबन्ने भएका छन् । खतिवडा बहालवाला समितिको वरिष्ठ उपाध्यक्ष हुन् ।

नेकपातर्फबाट वरिष्ठ उपाध्यक्षमा गोपाल गुरागाईं, प्रथम उपाध्यक्षमा टिका प्रसाई, द्वितीय उपाध्यक्षमा ज्ञानु पौडेल र तृतीय उपाध्यक्षमा राजन दंगाल दुई महिला सदस्य पदमा विन्दु सिटौला र जमुना अधिकारी उम्मेदवार बन्दैछन् । त्यस्तै खुल्ला सदस्यतर्फ रमेश लुइटेल, भरत चम्लागाई, पदम न्यौपाने, असिम राईको उम्मेद्वारी पक्का भएको स्रोतले जनाएको छ ।

उम्मेद्वार चयन गर्न आकांक्षीहरु धेरै भएपछि नेकपालाई सकस परेको थियो ।

समाचार स्रोतका अनुसार नेकपाले आगामी भदौ ७ गते दमक उद्धोग बाणिज्य संघको प्यानल उम्मेद्वार घोषणा गर्दैछ । संघको आगामी भदौ ६ गते हुने २८औं वार्षिक साधारण सभापछि आगामी नेतृत्व चयनका लागि निर्वाचनको कार्यक्रम सार्वजनिक गर्नेछ ।

सम्बन्धित खवर