विप्लबका ५ कार्यकर्ता दमकबाट पक्राउ - Mangsebung News
  • सोमबार, बैशाख १७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

विप्लबका ५ कार्यकर्ता दमकबाट पक्राउ

दमक, १ भदौ, झापाको दमकस्थित एक होटलबाट आइतबार नेपाल कम्युनिष्ट पार्टी (विप्लव) का पाँच जना नेता पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाको टोलीले दमकस्थित होटलबाट उनीहरुलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्र श्रेष्ठले पक्राउ परेकाहरुको बारेमा विस्तृत अनुसन्धान भईरहेको बताएका छन् । प्रहरीले नियन्त्रणमा लिएकाहरु बारे केही बताउन चाहेको छैन । अनुसन्धान जारी रहेको भन्दै प्रहरीले पक्राउ परेकाहरु बारे जानकारी दिन नमिल्ने भनेको छ । घटना बारे दमक प्रहरीले भने अनविज्ञता प्रकट गरेको छ ।

सम्बन्धित खवर