विरामी श्रीमतीलाई अस्पताल छोडेर श्रीमान र छोरी फरार - Mangsebung News
  • सोमबार, बैशाख १७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

विरामी श्रीमतीलाई अस्पताल छोडेर श्रीमान र छोरी फरार

विराटनगर, मोरङ / विराटनगरस्थित गोल्डेन अस्पतालमा एक बिरामी आफ्नै कुरुवा बेपत्ता भएपछि बिचल्लीमा परेकी छिन् । धरान नगरपालिका–२० विष्णु चौककी अन्दाजी ४० वर्षीय मनु रायलाई अस्पतालमा रेखदेख गर्न आएका कुरुवा अचानक बेपत्ता भएपछि बिचल्लीमा परेकी हुन् ।

किड्नीमा इन्फेक्सन, निमोनिया र मुखबाट रगत बग्ने समस्या देखिएपछि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट रफेर गरी विराटनगरस्थित गोल्डेन अस्पतालमा रायलाई अर्धचेत अवस्थामा साउन १६ गते भर्ना गरिएको थियो ।

 

रायको आइसीयुमा भर्ना गरेर उपचार सुरु गरेको तीन दिनपछि कुरुवाको रुपमासँगै आएका श्रीमान विनोद राय र छोरी मोरङको पथरी ७ निवासी देवी राय सम्पर्क बिहीन छन् ।

साउन १९ गते देखि उनीहरु सम्पर्क बिहीन भएपनि साउन ३१ गते सम्म उनको आइसीयुमा राखेर उपचार गरेका थियौं । अस्पतालले डिस्चार्ज गरेपनि सम्पर्कमा कोही आफन्त कोहीपनि नआएपछि उनलाई जेनरल वार्डमा राखेर खाना र औषधिको व्यवस्था मिलाएर अस्पतालमै राखिएको छ । उनीहरुले १६ दिन सम्मको उपचारमा एक पैसा समेत बुझाएका छैनन । अस्पतालका प्रशासकीय अधिकृत सन्तोष मेहताले बताए

सम्बन्धित खवर