पोखरीमा डुबेर १४ बर्षीय बालकको मृत्यु - Mangsebung News
  • सोमबार, मङि्सर २५, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पोखरीमा डुबेर १४ बर्षीय बालकको मृत्यु

दमक झापा /भुटानी शरणार्थी शिविर बेल्डाँगीको उत्तरी भागमा निमार्ण गरिदैं गरेको पोखरीमा पानी जमेर भुटानी शरणार्थी शिविर बेल्डांगी ( २ सेक्टर ई र १ छाप्रा नम्बर ०२ बस्ने १४ बर्षीय बालक ओशिस मगरको मृत्यु भएको छ ।

बाबा नरबहादुर मगर र आमा खिना माया मगरको १४ बर्षिय छोरा ओशिस हिजो (२०७६ साल भदौ ०१ गते) बिहान ११ बजेदेखि हराएपछी घर परिवार लगायत गाउँलेको सहयोगमा रात साँझ खोजतलास गर्दा नभेटिएपछि आज ०२ गते बिहान उक्त पोखरीमा डुबेर मरेको अवस्थामा फेला परेको छ । दमक नगरपालिकाको नेतृत्वमा निमार्ण भईरहेको उक्त पोखरीमा मृतक आफै मरेको हो या हत्या गरिएको हो यसको अनुसन्धान भईरहेको जनाईएको छ ।

सम्बन्धित खवर