धनकुटा नगरपालिकाले खरको छानो हटाउदैं - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

धनकुटा नगरपालिकाले खरको छानो हटाउदैं

भदौ ३, २०७६ धनकुटा / धनकुटा नगरपालिकाले नगर क्षेत्रभित्र रहेको खरकोे छाना मुक्त गर्ने अभियान अन्तर्गत २०१ घरपरिवारलाई एक करोड १४ लाख रुपैयाँ बराबरको जस्तापाता वितरण गरेको छ । गत वर्ष पनि नगर क्षेत्रका ६८ घरमा ५२ लाख रुपैयाँ बराबरको जस्तापाता वितरण गरिएको थियो ।

आवास सहुलीयत साझेदारी कार्यक्रमको सेवाग्राहीे सूचीमा रहेका असाहय, अपाङ्ग, एकल, ज्येष्ठ नागरिक, विपन्न, दलित र अल्पसंख्यक (आठपहरिया) समुदायलाई प्राथमिकतामा राखी जस्तापाता वितरण गरिएको हो ।

नगरपालिकाले जस्तापाता वितरण गर्ने र सम्बन्धित व्यक्तिले छाना छाउने साझेदारी अवधारणा बनाइएको नगरपालिकाका इन्जिनियर मिङ्मा दोर्जे शेर्पाले बताए । १० वटा वडा रहेको नगरपालिकामा नौ हजार ४६० घरमध्ये दुई हजार १३ घरको छाना खरको रहेको तथ्यांक छ । नगरपालिकाले आगामी तीन वर्ष भित्र नगरलाई खरकोे छानामुक्त बनाउने अभियान चलाएको नगरप्रमुख चिन्तन तामाङले जानकारी दिए ।

सम्बन्धित खवर