पाथीभरा गोल्डकप आजदेखि सेमिफाईनलका खेलहरु - Mangsebung News
  • बिहिबार, चैत १५, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पाथीभरा गोल्डकप आजदेखि सेमिफाईनलका खेलहरु


भदौ ४, २०७६
ताप्लेजुङ /ताप्लेजुङमा भईरहेको चौथो संस्करणको पाथीभरा गोल्डकप प्रतियोगिताको आजदेखि सेमिफाइनल खेल हुँदैछ । सेमिफाइनलको पहिलो खेलमा एलाभेन एरोज सुनसरी र रेडहर्ष क्लब इलामबीच हुनेछ । सदरमुकाम फुङलिङको भानु माविको खेल मैदानमा दिउँसो २ बजे खेल सुरु हुने आयोजकले जनाएको छ । एलाभेन एरोजले भारतको यूकेएफसी दार्जिलिङलाई पराजित गर्दै अघिल्लो यात्रा सुरक्षित गरेका हो भने रेडहर्षले क्वाटरफाइनलमा फिदिम पाँचथरलाई पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो ।

गत मंगलबार भएको अन्तिम क्वाटरफाइनल खेलमा गोर्खा स्पोर्टिङ क्लब दमकलाई १–० गोल अन्तरले पराजित गर्दै रेडस्टार झापा सेमिफाइनलमा प्रवेश गरेको छ । रेडस्टारले डाँगीहाट फुटबल क्लब मोरङसँग बिहीबार फाइनल प्रवेशका लागि खेल्नेछ । प्रतियोगिताको विजेताले तीन लाख ११ हजार रुपैयाँ र उपविजेताले एक लाख ५१ हजार रुपैयाँसहित ट्रफी पाउनेछ ।

सम्बन्धित खवर